अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने « Khabarhub

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी (करिब १८ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ । कम्पनीको यो लगानी डाटा सेन्टर, कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार, क्लाउड कम्प्युटिङलगायतका क्षेत्रमा केन्द्रित हुनेछ । बर्लिनमा मङ्गलबार आयोजित सरकारी व्यावसायिक शिखर सम्मेलनका क्रममा अमेजनले यस्तो घोषणा गरेको हो ।

सुस्त अर्थतन्त्रलाई गति दिन र उच्च प्रविधिका क्षेत्रमा नयाँ लगानी आकर्षित गर्न प्रयासरत जर्मनीका लागि यो घोषणा महत्वपूर्ण मानिएको छ । अमेजनका प्रमुख विश्वव्यापी मामिला तथा कानुनी अधिकारी डेभिड जापोल्स्कीले जर्मनीलाई नवप्रवर्तनको केन्द्र तथा युरोपमा लगानीका लागि आकर्षक गन्तव्यका रूपमा व्याख्या गरे । उनका अनुसार कम्पनीले सन् २०१० यता जर्मनीमा १०० अर्ब युरोभन्दा बढी लगानी गरिसकेको छ ।

जर्मनीकी अर्थमन्त्री क्याथरिन राइचेले अमेजनको नयाँ लगानीले अन्तर्राष्ट्रिय प्रविधि प्रतिस्पर्धामा देशको स्थिति बलियो बनाउने बताइन् । यसबाट आर्थिक मूल्य सिर्जना हुनुका साथै रोजगारीका अवसरसमेत बढ्ने उनको भनाइ छ । अमेजनको कुल लगानीमध्ये करिब पाँच अर्ब युरो फ्रान्कफर्ट क्षेत्रमा खर्च गरिनेछ । यो रकम कम्पनीको क्लाउड कम्प्युटिङ सेवा अमेजन वेब सर्भिसेज (एडब्लुएस) को पूर्वाधार विस्तारमा उपयोग गरिनेछ

एआई सेवाको माग बढ्दै गएपछि कम्पनीले यस क्षेत्रमा आफ्नो क्षमता विस्तार गर्न लागेको हो । यसका साथै, अमेजनले आफ्नो स्याटेलाइट सञ्जालमा आधारित उच्च गतिको इन्टरनेट सेवा ‘अमेजन लियो’ मा पनि लगानी गर्ने योजना बनाएको छ । कम्पनीले गोदामहरूमा रोबोटिक्स प्रविधिको प्रयोग बढाउँदै सञ्चालन प्रणालीलाई आधुनिक बनाउने जनाएको छ ।

त्यस्तै, अमेजनको भिडियो स्ट्रिमिङ सेवा प्राइम भिडियोले जर्मनीमा थप सामग्री निर्माण तथा छायाङ्कन गर्ने योजना बनाएको छ । मङ्गलबार सम्पन्न उक्त लगानी सम्मेलनमा जर्मनी र अन्य देशका २०० भन्दा बढी व्यावसायिक नेतृत्व सहभागी भएका थिए । जर्मन सरकारले सुस्त अर्थतन्त्रलाई पुनः गतिशील बनाउन स्वदेशी तथा विदेशी कम्पनीलाई थप लगानी गर्न र आफ्नो व्यावसायिक गतिविधि विस्तार गर्न प्रोत्साहित गरिरहेको छ ।

यद्यपि, जटिल प्रशासनिक प्रक्रिया, उच्च ऊर्जा लागत र दक्ष जनशक्तिको अभावले लगानीको वातावरणमा चुनौती सिर्जना गर्दै आएका छन् । सम्मेलनमा बोल्दै चान्सलर फ्रेडरिक मर्जले आफ्नो गठबन्धन सरकारले दशकौँयताकै महत्वाकांक्षी सुधार तथा आधुनिकीकरण अभियान सुरु गरेको बताए । उनले सुधारका कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनका अनुसार सरकारका प्राथमिकतामा कर कटौती, प्रशासनिक झन्झट न्यूनीकरण र वित्तीय बजारलाई सुदृढ बनाउने विषय छन् । अर्थमन्त्री राइचेले यसअघि एक रेडियो अन्तर्वार्तामा सम्मेलनमा सहभागी विभिन्न कम्पनीले हालसम्म २२० अर्ब युरोभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएको जानकारी दिएकी थिइन् । यसैबीच, चान्सलर मर्जले सोमबार एआई चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँग छलफल गर्दै सम्मेलनको उद्घाटन गरेका थिए ।

सो अवसरमा बर्लिनले एनभिडियासँग औद्योगिक क्षेत्रमा एआईको प्रयोग विस्तार गर्ने उद्देश्यसहित साझेदारी घोषणा गरेको थियो । बलियो उत्पादन क्षेत्र भएको जर्मनीले उद्योगमा एआईको प्रयोग बढाएर आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुदृढ गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ६ : २७ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता