अष्ट्रेलियामा विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु | Khabarhub Khabarhub

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– उत्तरी अष्ट्रेलियामा एउटा सानो विमान दुर्घटना हुँदा विमानमा सवार सबै ५ जनाको ज्यान गएको छ । अष्ट्रेलियाको क्विन्सल्याण्ड प्रान्तस्थित केप योर्क प्रायद्विपमा विमान दुर्घटना भएको हो ।

भारी वर्षाका बावजुद विमान उडाइएकाले विमान दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । केप योर्क प्रायद्विपको लकहार्ट नदी नजिकैको धावनमार्ग छेउ विमान दुर्घटना भएको बताइएको छ ।

खराब मौसमका बावजुद विमान चालकले विमान अवतरण गराउन दुई पटक प्रयास गरेको र तेश्रो पटकको प्रयासका क्रममा दुर्घटनाग्रस्त भएको अधिकारीले जनाएका छन् ।

विमान दुर्घटना हुँदा ज्यान गुमाउनेमा  चार जना सरकारी कर्मचारी र एकजना चालक रहेको जनाइएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ५ : २५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’