अष्ट्रेलियामा विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु « Khabarhub

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– उत्तरी अष्ट्रेलियामा एउटा सानो विमान दुर्घटना हुँदा विमानमा सवार सबै ५ जनाको ज्यान गएको छ । अष्ट्रेलियाको क्विन्सल्याण्ड प्रान्तस्थित केप योर्क प्रायद्विपमा विमान दुर्घटना भएको हो ।

भारी वर्षाका बावजुद विमान उडाइएकाले विमान दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । केप योर्क प्रायद्विपको लकहार्ट नदी नजिकैको धावनमार्ग छेउ विमान दुर्घटना भएको बताइएको छ ।

खराब मौसमका बावजुद विमान चालकले विमान अवतरण गराउन दुई पटक प्रयास गरेको र तेश्रो पटकको प्रयासका क्रममा दुर्घटनाग्रस्त भएको अधिकारीले जनाएका छन् ।

विमान दुर्घटना हुँदा ज्यान गुमाउनेमा  चार जना सरकारी कर्मचारी र एकजना चालक रहेको जनाइएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ५ : २५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका