भारतीय कांग्रेसका प्रभावशाली नेता सिंधिया भाजपा प्रवेश | Khabarhub Khabarhub

भारतीय कांग्रेसका प्रभावशाली नेता सिंधिया भाजपा प्रवेश


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– पार्टी परीत्याग गरेका भारतीय कांग्रेस नेता ज्योतिरादित्य सिंधिया सत्तारुढ भारतीय जनता पार्टी भाजपा प्रवेश गरेका छन् ।

मंगलबार पार्टी परीत्याग गरेको घोषणा गरेका सिंधियाले बुधबार भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाको उपस्थितीमा भाजपाको सदस्यता स्वीकार गरेका हुन् ।

मध्यप्रदेशका प्रभावशाली नेताका रुपमा लिइने उनले कांग्रेस पार्टी पहिलेजस्तो नरहेका कारण आफूले पार्टी परित्याग गर्नु परेको जनाए । उनले कांग्रस पार्टीले नया नेतृत्व एवं नयाँ विचारलाई नकारेका कारण आजको अवस्थामा आइपुगेको आरोप पनि लगाए ।

उनले मंगलबार एकाएक पार्टी परित्याग गरेको घोषणा गरेका थिए । पार्टी परित्याग गर्नुअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहसँग परामर्श लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मध्यप्रदेशमा गत वर्ष भएको विधानसभा निर्वाचनयता सिन्धिया पार्टीप्रति असन्तुष्ट रहँदै आएका थिए । निर्वाचनमा जीत हासिल गरेपछि उनले त्यहाँ मुख्यमन्त्री पदको अपेक्षा गरेका थिए । तर, पार्टीले उनको स्थानमा कमलनाथलाई मुख्यमन्त्री बनाएको थियो ।

सिन्धियाले पार्टी परित्याग गरेलगत्तै उनीसँगै २२ जना विधायकले पार्टीबाट राजीनामा दिने बताइसकेपनि उनीहरुको राजीनामाबारे स्पष्ट खुलासा भइसकेको छैन ।

२२ विधायकले पार्टीबाट राजीनामा दिएको खण्डमा राज्यमा कांग्रेसको अवस्था कमजोर हुनसक्ने भरातीय सञ्चारमाध्यमको विश्लेषण छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ६ : १५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर