भारतीय कांग्रेसका प्रभावशाली नेता सिंधिया भाजपा प्रवेश « Khabarhub

भारतीय कांग्रेसका प्रभावशाली नेता सिंधिया भाजपा प्रवेश


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– पार्टी परीत्याग गरेका भारतीय कांग्रेस नेता ज्योतिरादित्य सिंधिया सत्तारुढ भारतीय जनता पार्टी भाजपा प्रवेश गरेका छन् ।

मंगलबार पार्टी परीत्याग गरेको घोषणा गरेका सिंधियाले बुधबार भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाको उपस्थितीमा भाजपाको सदस्यता स्वीकार गरेका हुन् ।

मध्यप्रदेशका प्रभावशाली नेताका रुपमा लिइने उनले कांग्रेस पार्टी पहिलेजस्तो नरहेका कारण आफूले पार्टी परित्याग गर्नु परेको जनाए । उनले कांग्रस पार्टीले नया नेतृत्व एवं नयाँ विचारलाई नकारेका कारण आजको अवस्थामा आइपुगेको आरोप पनि लगाए ।

उनले मंगलबार एकाएक पार्टी परित्याग गरेको घोषणा गरेका थिए । पार्टी परित्याग गर्नुअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहसँग परामर्श लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मध्यप्रदेशमा गत वर्ष भएको विधानसभा निर्वाचनयता सिन्धिया पार्टीप्रति असन्तुष्ट रहँदै आएका थिए । निर्वाचनमा जीत हासिल गरेपछि उनले त्यहाँ मुख्यमन्त्री पदको अपेक्षा गरेका थिए । तर, पार्टीले उनको स्थानमा कमलनाथलाई मुख्यमन्त्री बनाएको थियो ।

सिन्धियाले पार्टी परित्याग गरेलगत्तै उनीसँगै २२ जना विधायकले पार्टीबाट राजीनामा दिने बताइसकेपनि उनीहरुको राजीनामाबारे स्पष्ट खुलासा भइसकेको छैन ।

२२ विधायकले पार्टीबाट राजीनामा दिएको खण्डमा राज्यमा कांग्रेसको अवस्था कमजोर हुनसक्ने भरातीय सञ्चारमाध्यमको विश्लेषण छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ६ : १५ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका