खबरहबको प्रधानसम्पादकमा लुइँटेल नियुक्त « Khabarhub

खबरहबको प्रधानसम्पादकमा लुइँटेल नियुक्त


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खबरहबको प्रधानसम्पादकमा वरिष्ठ पत्रकार गोविन्द लुइँटेल नियुक्त भएका छन् ।

खबरहब व्यवस्थापनको बुधबार बसेको बैठकले लुइँटेललाई चैत १ गतेदेखि लागू हुनेगरी प्रधानसम्पादकमा नियुक्त गरेको हो ।

दरबारमार्गस्थित पेभेलियन हलमा आयोजित कार्यक्रममा खबरहबका अध्यक्ष नरेश श्रेष्ठले लुइँटेललाई प्रधानसम्पादक नियुक्त गरेको घोषणा गरे । खबरहब व्यवस्थापनले प्रधानसम्पादक जीवराम भण्डारीले दिएको राजीनामा स्वीकृत गर्दै लुइँटेललाई नियुक्त गरेको हो ।

वि. सं. २०५३ सालमा नयाँ विकल्प साप्ताहिकबाट पत्रकारिताको यात्रा शुरु गरेका लुइँटेलसँग विभिन्न पत्रपत्रिका र टेलिभिजनमा काम गरेको लामो अनुभव छ ।

खबरहबमा नियुक्त हुनुअघि उनी विगत १३ वर्षदेखि हिमालय टाइम्स राष्ट्रिय दैनिकमा सम्पादकको भूमिकामा थिए । लुइँटेल राजनीतिक, साहित्य लगायतका क्षेत्रमा कलम चलाउँदै आएका छन् । उनी पुस्तक लेखन तथा सम्पादनमा पनि सक्रिय छन् ।

निजी क्षेत्रबाट सञ्चालित नेपालको पहिलो टेलिभिजन ‘च्यानल नेपाल’मा पनि उनले पाँच वर्षभन्दा लामो समय सम्पादकको भूमिका निर्वाह गरेको अनुभव छ ।

खबरहब व्यवस्थापनले स्थापनाकालदेखि नै प्रधानसम्पादकको भूमिका निर्वाह गरेका वरिष्ठ पत्रकार भण्डारीलाई संस्थालाई यो उचाइसम्म ल्याउन महत्वपूर्ण योगदान दिएको भन्दै धन्यवाद दिएको छ ।

अध्यक्ष श्रेष्ठले व्यक्तिगत कारणले भण्डारीले राजीनामा दिए पनि उनी एक अनुभवी र व्यावसायिक पत्रकार रहेको उल्लेख गर्दै संस्थाले उनको योगदानको स्मरण गरिरहने बताए ।

श्रेष्ठले लुइँटेलको नेतृत्वमा खबरहब अझ उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ६ : ५१ बजे

४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले विद्युत् गृह खरानी पारिदिने इरानलाई ट्रम्पको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत

पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु

बुटवल– पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ

अमेरिकाको हवाइमा २० वर्षयताकै ठूलो बाढी : हजारौं विस्थापित

हवाई – अमेरिकाको हवाई राज्यमा भारी वर्षासहितको आँधीबेहरीपछि राज्यव्यापी उच्च

नेपालगन्ज भन्सार : लक्ष्यको ५२ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ महिनामा

पानीको समान पहुँच सुनिश्चित गर्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान