कोरोनाको संक्रमण रोक्न वाग्मती प्रदेशका सबै जिल्ला अस्पतालमा ‘आइसोलेशन’ « Khabarhub

कोरोनाको संक्रमण रोक्न वाग्मती प्रदेशका सबै जिल्ला अस्पतालमा ‘आइसोलेशन’


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न वाग्मती प्रदेशका सवै जिल्लामा आइसोलेशन कक्ष पूर्ण तयारीका साथ राखिएको जनाएको छ ।

आकास्मिकरूपमा आएका बिरामीलाई तत्काल उपचार गर्नका लागि काठमाडौं उपत्यकाबाहेक प्रदेशका १० वटै जिल्लामा उपचारको व्यवस्था मिलाइएको निर्देशनालयले जनाएको हो ।

काठमाडौं उपत्यका बाहेक प्रदेशका १० वटै जिल्ला अस्पतालमा छुट्टाछुट्टै प्रकोष्ट कक्षमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी, मास्क, प्रविधियुक्त पोशाक र उपकरणसहित सतर्कमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा अर्जुन सापकोटाले बताए ।

उनका अनुसार ती अस्पतालको प्रकोष्ठ कक्षमा आवश्यक पर्ने प्रविधियुक्त पोशाक, मास्क एवं विभिन्न उपकरण खरिद गरी सम्बन्धित अस्पतालमा पठाउने कार्य भइरहेको जानकारी दिए ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनबमोजिम जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा सम्बन्धित गाउँपालिका, थाहा नगरपालिका र नगरपालिकाको स्वास्थ्य चौकी, उपचौकी र प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मीले सम्बन्धित गाउँटोलका स्थानीय जनताको घरदैलोमा पुगी कोरोना भाइरस रोगको प्रभावबाट बच्ने विषयमा प्रदेशका १० वटै जिल्लामा अहिले जनचेतनामूलक अभियान सञ्चालन भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक रमेश अधिकारीले बताए ।

काठमाडौँ उपत्यकाको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु सरुवा रोग अस्पताल, ललितपुर र भक्तपुर जिल्ला अस्पतालमा आइसोलेशनका लागि छुट्टाछुट्टै प्रकोष्ठ कक्ष स्थापना भइरहेको स्वास्थ्य निर्देशनालयले जनाइएको छ ।

प्रदेश राजधानी हेटौँडामा कोरोना भाइरसबाट बच्ने उपायबाट सजक रहे पनि बजारमा मास्कको अभाव भएकाले पर्याप्त उपलब्ध गराउन वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरिससकेको मकवानपुरका प्रजिअ नारायणप्रसाद भट्टले बताए ।

वाग्मती प्रदेशमा काठमाडौँ, ललितपुर र भक्तपुरसहित १३ जिल्ला समेटिएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १० : ४५ बजे

पूर्वाधार निर्माणको योजनामा वातावरणीय पक्ष समावेश गर्न संयोजक डंगोलको निर्देशन 

काठमाडौं– काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगालले

नेपाली कम्युनिस्ट पार्टी र विभिन्न घटकबीच एकता घोषणा कार्यक्रम शुरू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकिकरण पक्षधर

घोराही–तुलसीपुर खण्डमा चार लेनको सडक निर्माण सुरु

दाङ– लामो प्रतीक्षापछि घोराही–तुलसीपुर चार लेन सडक निर्माण सुरु भएको

औषधि ऐन संशोधनको विरोधमा व्यवसायी आन्दोलनमा

विराटनगर– कोशी प्रदेशका औषधि व्यवसायीले औषधि ऐन, २०३५ मा भएको

लुम्बिनीले लियो सुदूरपश्चिको दुई विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको