थ्रीस्टारलाई हराउँदै पुलिस आहा राराको गोल्डकपकाे फाइनलमा  « Khabarhub

थ्रीस्टारलाई हराउँदै पुलिस आहा राराको गोल्डकपकाे फाइनलमा 


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाल पुलिस क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन थ्री स्टार क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

पुलिसले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्न सफल भई अधिकांश समय खेलमा पकड जमाएको थियो ।

खेलको आठौँ मिनेटमा रवि पासवानको ‘क्रसपास’लाई सदुपयोग गर्दै पुलिसका भरत शाहले टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक शून्यले अग्रता लिएको पुलिसले खेलको ५१औँ मिनेटमा निरकुमार राईको गोलमार्फत अग्रता दोब्बर बनायो ।

खेलको ७२औँ मिनेटमा राईले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए ।

खेलमा साबिक विजेता थ्री स्टार क्लबले समेत गोल गर्ने केही अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेन ।

पुलिसले अब बिहीबार हुने मनाङ मस्र्याङदी र त्रिभुवन आर्मी क्लबबीचको खेलको विजेतासँग चैत १ गते उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ ।

सहारा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ९ : ०१ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर