क्वारेन्टाइनको मापदण्ड बुझ्न आजदेखि निरीक्षण गरिँदै | Khabarhub Khabarhub

क्वारेन्टाइनको मापदण्ड बुझ्न आजदेखि निरीक्षण गरिँदै


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले स्थानीय तह तथा अन्य निकायमार्फत व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन र आवश्यक सहजीकरण थाल्ने भएको छ ।

विदेशबाट आएका तथा शङ्कास्पद अन्य व्यक्तिलाई कोरोनाको संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधिअनुसार मापदण्ड पूरा भएनभएको स्थलगत अनुगमन र आवश्यक सहजीकरण गर्न लागिएको हो ।

सोहीअनुरुप शनिबार मध्याह्न स्थानीय पशुपतिनाथ क्षेत्रमा सञ्चालित क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो । मन्त्रिपरिषद्को यही चैत १६ गतेको बैठकले राज्यमन्त्रीद्वय शहरी विकास रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या नवराज रावतलाई अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो ।

राज्यमन्त्री मानन्धरले आज काठमाडौँ उपत्यकाका १८ वटै नगर प्रमुख, तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्वारेन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गर्नुयो । छलफलमा राज्यमन्त्री मानन्धरले क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन मापदण्डबारे जानकारी गराउँदै अब सरकारले शनिबारदेखि अनुगमनलाई तीव्रता दिन लागेको जानकारी दिए ।

मुलुक विपद्का घडीमा रहेकाले तत्काल गर्नुपर्ने काममा कसैको मुख ताक्न नहुने बताउँदै राज्यमन्त्री मानन्धरले स्थानीय सरकारले गरिरहेको काम सन्तोषजनक रहेकामा धन्यवादसमेत दिए ।

स्थानीय सरकारले कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासमा साथ दिइरहे पनि कतै अन्योल देखिएकाले जनताको जीवन रक्षाका लागि छिटोछरितो ढङ्गले काम गर्न आग्रह गरे ।

क्वारेन्टाइन निर्माण र व्यवस्थापन मापदण्डानुसारको काम गर्न समस्या आए आफू सहजीकरणका लागि तयार भएको बताउँदै राज्यमन्त्री मानन्धरले विपद्को सामनाका लागि गम्भीर ढंगले लाग्न सबैलाई आग्रह गरे । राज्यमन्त्री मानन्धरले क्वारेन्टाइन व्यवस्थापनको खर्चबारे चिन्ता नलिन काठमाडौँ उपत्यकाका नगर प्रमुखलाई आग्रहसमेत गरे ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गर्न सकिने अवस्थामा रहेका र सम्भावित स्थानको क्वारेन्टाइनबारे दुई दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवेदन दिइने छ ।

भक्तपुरको कृषि तालीम केन्द्रमा ६०, खरीपाटीमा १७५ तथा खानेपानी तालीम केन्द्रमा ७० शय्याको क्वारेण्टाइन तयारी अवस्थामा छ । यस्तै ललितपुरको स्टाफ कलेजमा एक सय तथा पशुपतिनाथ क्षेत्रमा ७० शय्या क्षमताको क्वारेन्टाइन मापदण्डअनुसार छन् ।

काठमाडौँका प्रजिअ जनकराज दाहालले बूढानीलकण्ठ स्कूलमा एक सय, जनमैत्री अस्पतालमा १२४, इचंगु ब्लकमा चार सय तथा दहचोकस्थित मनमोहन अस्पतालको भवनमा सात सय शय्या बनाउन सकिने अवस्था रहेको बताए ।

छलफलमा शहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीले क्वारेन्टाइनमा राखिने व्यक्तिबारे स्वास्थ्य मन्त्रालयले प्रष्ट नीति बनाउनुपर्ने बताए ।

स्थानीय र प्रदेश सरकारको योजनामा केन्द्रीय सरकारको आवश्यक समन्वयमा कमी भएको जनाउँदै नगर प्रमुखहरुले आवश्यक समन्वयका लागि राज्यमन्त्रीले पहल थाल्नु सकारात्मक भएको बताए । क्वारन्टाइनको मापदण्ड पूरा गर्न केही प्राविधिक समस्या आउनसक्ने बारे पनि सरकारको ध्यानाकर्षण गराइएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : ०४ बजे

‘रविलाई जेलमा राख्ने होइन, बाहिर निकालेर हिसाबकिताब गर्नुपर्छ’

काठमाडौँ – सुनवलस्थित सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा क्यान्टिन सञ्चालन गर्दै आएका

पाकिस्तानमा विनाशकारी बाढीको कहर

इस्लामावाद- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका ब्युनर र स्वात जिल्लामा आएको

नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ : मन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले साहित्य चिन्तनले सामाजिक

भारतको रक्षा क्षेत्रमा ठूलो प्रगति, लडाकु विमानको इन्जिन स्वदेशमै बन्ने

नयाँ दिल्ली- भारत सरकारले लडाकु विमानका इन्जिन स्वदेशमै विकास तथा

गौर हत्याकाण्ड छानविन गर्न दिएको सर्वोच्चको आदेश आश्चर्यजनक : प्रवक्ता सुमन

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले गौर