पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते पोखरामा हुने « Khabarhub

पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते पोखरामा हुने


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २२ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते आयोजना हुने भएको छ ।

जेन-जी आन्दोलनका कारण यसअघि प्रभावित भएको अवार्ड पुस २३ गते बुधबार पोखराको न्युरोडस्थित पोखरा सभागृहमा आयोजना हुने नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले जनाएको हो ।

अवार्डअघि पुस २२ गते एनएसजेएफ स्पोट्र्स समिट पनि पोखरामा नै आयोजना गरिने मञ्चका अध्यक्ष निरन्जन अधिकारीले जानकारी दिए । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा १० विधामा पुरस्कार वितरण गरिनेछ ।

जसमा वर्षको उत्कृष्ट खेलाडी (पुरुष, महिला, युवा), वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयरका विजेतालाई पुरस्कार दिइने मञ्चले जनाएको छ ।

पिपल्स च्वाइस विधाको रोकिएको भोटिङ तत्काल सुरु भएर पहिलेकै भोटमा थप हुने अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

यस विधाका मनोनयनमा विजय सिन्जाली (उसु), पूजा महतो (क्रिकेट), हिमाल सुनारी (भलिबल), रेखा पौडेल (फुटबल) र इभाना थापा (टेबलटेनिस) छन् । अध्यक्ष अधिकारीले जस्तोसुकै परिस्थीतिमा पनि स्पोर्ट्स अवार्डलाई निरन्तरता दिने बताए।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ३ : ०४ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने