काठमाडौंमा उत्पादित रायोको सागमा भेटियो झण्डै शतप्रतिशत विषादी  « Khabarhub

काठमाडौंमा उत्पादित रायोको सागमा भेटियो झण्डै शतप्रतिशत विषादी 


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्थलगत रुपमा गरेको अनुगमनको क्रममा नागार्जुन ७ स्थित रामकोटको सक्रिय कृषि तथा पशुपन्छी फार्मको रायो सागमा अर्गानोफस्फेट नामको विषादीको मात्रा ९९.५२ प्रतिशत रहेको पाइएको छ । 

विभागको टोलीले सक्रिय कृषि तथा पशुपन्छी फार्मसहित ५ वटा कृषि फर्ममा अनुगमन गरेकोमा उक्त फार्मको रायोको सागमा उच्च मात्रामा विषादी भेटिएकाले उपभोग नगर्न  विभागले आग्रह गरेको छ । 

विषादीको प्रतिशत दर ३५ भन्दा कम हुँदा मात्रै उपभोगयोग्य मानिन्छ । तर पछिल्लो रायोको साग लगायत हरियो तरकारीमा विषादीको मात्रा उच्च देखिन थालेको छ । केही दिन अघि कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएको रायोको सागमा ९९. ०८ प्रतिशत विषादी भेटिएको थियो ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ३ : ०९ बजे

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक