कोरोनाभाइरसः विश्वमा १ लाख बढीको मृत्यु, करीब १७ लाख संक्रमित « Khabarhub

कोरोनाभाइरसः विश्वमा १ लाख बढीको मृत्यु, करीब १७ लाख संक्रमित


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार १ लाख २ हजार ६९३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १६ लाख ९७ हजार ८ सय बढी छ ।

संक्रमितमध्ये ३ लाख ७६ हजार १८४ जना निको भएका छन् ।

विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण ७ हजार ९ जनाको मृत्यु भएको छ भने एकै दिन ९४ हजार बढीमा संक्रमण देखिएको छ ।

अमेरिकामा शनिबार बिहान समाचार तयार पार्दासम्म एकैदिन २ हजार ४३ जनाको मृत्यु भएको छ ।

यससँगै अमेरिकामा हालसम्म १८ हजार ७२५ पुगेको छ । हालसम्म सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको इटालीमा हो । इटालीमा हालसम्म १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

त्यस्तै अमेरिकामा हालसम्म संक्रमितको संख्या ५ लाख नाघेको छ । अहिलेसम्म अमेरिकामा ५ लाख १ हजार ८ सय ८० जना संक्रमित भेटिएको , जसमध्ये पछिल्लो २४ घन्टामा मात्रै ३३ हजार ३ सय १४ नयाँ संक्रमित देखिएका हुन् ।

२ सय १० र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा साढे १६ लाख भन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण भएको छ ।

यस्तै इटालीमा साढे १८ हजारभन्दा धेरै, स्पेनमा १६ हजारभन्दा धेरै, फ्रान्समा १३ हजारभन्दा धेरै, बेलायतमा झण्डै ९ हजार मानिसको ज्यान गएको छ । यसैबीच इटलीका प्रधानमन्त्रीले आउँदो मे ३ तारिख अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन बढाउने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : ०१ बजे

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी