कोरोनाभाइरसले भारतमा २४९ जनाको मृत्यु, संक्रमित ७ हजार ६ सय बढी « Khabarhub

कोरोनाभाइरसले भारतमा २४९ जनाको मृत्यु, संक्रमित ७ हजार ६ सय बढी


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २४९ पुगेको हो । भारतमा एकैदिन ८७६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ हजार ६०० पुगेको छ ।

भारतमा संक्रमितमध्ये ७७४ जना उपचारपछि निको भएका छन् । ६ हजार ५७७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

एसियाली मुलुकमा कोरोनाका कारण सबैभन्दा बढी इरानमा ४ हजार २३२ जनाको मृत्यु भएको छ । त्यसैगरी चीनमा ३ हजार ३३६ जनाको मृत्यु भएको छ भने टर्कीमा १ हजार ६ जनाले ज्यान गुमाएका छन् ।

इन्डोनेसियामा ३०६ जनाले ज्यान गुमाउँदा भारतमा २४९ जनाको मृत्यु भएको छ । भारत एसियाली मुलुकमा सबैभन्दा बढी ज्यान गुमाउनेको सूचीको पाँचौ नम्बरमा रहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ । सार्क मुलुकमध्ये  सबैभन्दा बढी भारतमा संक्रमण फैलिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : १८ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी