नातीको बिहेमा बेलायत पुगेका क्षेत्रीको कोरोना संक्रमणबाट निधन « Khabarhub

नातीको बिहेमा बेलायत पुगेका क्षेत्रीको कोरोना संक्रमणबाट निधन


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नातीको बिहेका लागि बेलायत आएका एकजना नेपालीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ ।

गत फेब्रुअरी महिनाको २६ तारिखमा लण्डन पुगेका बागलुङको अमलाचौरका ७५ वर्षीय कर्णबहादुर क्षेत्रीको बुधबार लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो ।

मार्च ३० तारिखका दिन अस्पताल भर्ना भएका उनलाई त्यसको दुई दिनपछि भेन्टिलेटरमा राखिएको थियो । एम्बुलेन्समा आएको प्यारामेडिकको टोलीले पनि अरु सबै सामान्य रहेको तर अक्सिजनको कमी भएको हुन सक्ने बताएपछि अस्पताल भर्ना गरिएको थियो । त्यसअघि क्षेत्रीलाई श्वासप्रश्वासमा समेत कुनै समस्या भएको थिएन ।

अस्पताल भर्ना गरेर जाँच गर्दा क्षेत्रीलाई निमोनिया देखिएको डाक्टरहरुले बताएका थिए । सोमबार साँझ अस्पताल भर्ना भएका उनलाई बुधबार बिहानदेखि भेन्टिलेटरमा राखिएको थियो । क्षेत्रीलाई कोरोनाको संक्रमण पुष्टी भएको जानकारी पनि परिवारले सोहि दिन पाएको थियो ।

बुधबार दिउँसो अस्पतालले परिवारलाई टेलिफोन गरेर क्षेत्रीलाई बचाउन कुनै उपाय नलागेको जानकारी गराएको थियो । अप्रत्यासित रुपमा क्षेत्रीको निधनपछि अहिले परिवार मर्माहत छ । क्षेत्रीसंगै आएकी उनकी ७१ वर्षीय श्रीमतीलाई सम्हालिन गाह्रो परेको छ ।

मृतक कार्की इण्डियन आर्मीका ‘रिटायर्ड पेन्सनर’ थिए । अवकाशप्राप्त जीवनलाई आफ्नै गाउँमा समाजसेवा र राजनीतिमा लगाएका उनी तत्कालिन गाविसमा एमालेको तर्फबाट उपाध्यक्ष निर्वाचित भएका थिए । परिवारका अनुसार उनलाई कुनै स्वास्थ्यसमस्या समेत थिएन ।

क्षेत्रीका ४ छोरा र तीन छोरी छन् । जेठो छोरा मिलन परिवारसहित लण्डनमा छन् भने कान्छो छोरा र बुहारी जापानमा छन् । अरु सबै नेपालमै छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : २६ बजे

‘विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व संकटमा रहेकाले नवीनतम समझदारी आवश्यक’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेप बढ्दा

सांसद डाक्टर शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’  बजारमा 

काठमाडौं– राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यको म्युजिक भिडियो ‘मेरो

रवि-बालेन सम्झौताले सामाजिक सञ्जालमा तरङ्ग : पुरानालाई सबकदेखि विदेशी चलखेलको आरोपसम्म

काठमाडौं– तारन्तारको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने

एनसिसी अल्मुनाइको आठौँ वार्षिकोत्सव

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान्, इमानदार र

सौर्य जहाज दुर्घटनामा तीन सन्तान गुमाएका पत्रकार खतिवडाको सरकारसँग गुहार : म गलत भए भनिदिनुस्, होइन भने पहल गरिदिनुस्

काठमाडौं– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा आफ्ना तीन सन्तान गुमाएका सञ्चारकर्मी