इटालीमा लकडाउन मे ३ सम्मलाई बढाइयो « Khabarhub

इटालीमा लकडाउन मे ३ सम्मलाई बढाइयो


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालीका प्रधानमन्त्री जुजेप्पे कान्टले इटालीमा लकडाउनको समय ३ मे सम्मका लागि घोषणा गरेका छन् । यसअघि मार्च ९ मा लकडाउन घोषित गर्दै अप्रिल १३ सम्म पुर्‍याइएको थियो ।

लकडाउनका कारण इटालीमा पछिल्लो दिनमा संक्रमितको संख्यामा केही कमी आएको मानिएको छ । त्यसैलौ मध्यनजर गर्दै प्रधानमन्त्रीले आगामी मे महिनाको ३ तारिखसम्म लकडाउन घोषणा गरेको बताएका छन् ।

पछिल्लो २४ घन्टामा इटालीमा जम्मा ५ सय ७० को मृत्यु भएको छ, जुन अघिल्लो साताको भन्दा मृत्युदर कम हो ।

हालसम्म इटालीमा विश्वमै सबैभन्दा मानिसहरुले मृत्यु भएको छ, तर पनि अमेरिकामा पछिल्ला दिनमा हुँदै गरेको मृत्युदरले इटालीलाई उछिन्ने भने पक्का भएको छ । हालसम्म इटालीमा १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको जनाइएको छ । १ लाख ४७ हजार ५७७ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : ४० बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी