४० शंकास्पद कोरोना संक्रमित विहार पठाएको भारतीय दावीपछि गृहको चासो « Khabarhub

४० शंकास्पद कोरोना संक्रमित विहार पठाएको भारतीय दावीपछि गृहको चासो


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  जालिम मुखिया नामका एक व्यक्तिको ४० जना कोरोना भाइरसका शंकास्पद संक्रमित पठाएको दावी सहित भारतीय मिडियाले समाचार प्रसारण गरेपछि गृह मन्त्रालयले चासो देखाएको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले यसबारेका अपवाह फैलिएलगत्तै जिल्ला प्रशासन कार्यालय पर्सालाई उक्त विषयमा सत्यतथ्य बुझ्न निर्देशन दिइएको जानकारी दिए ।

नेपालका जालिम मुखिया नामका एक व्यक्तिले वीरगञ्जबाट रक्सौल हुँदै ४० जना शंकास्पद कोरोना भाइरसका संक्रमितलाई नियतबस विहार पठाएको भारतीय मिडियाहरुले शनिबारदेखि सार्वजनिक गरेको समाचारहरुमा उल्लेख छ ।

‘यदी त्यस्तो हो भने भारतीय पक्षबाट पनि लिखित पत्र आउनुपर्ने हो, अहिलेसम्म त्यस्तो केही जानकारी आएको छैन तैपनि हामीले पर्सा प्रशासनलाई यसबारे बुझ्न भनिसकेका छौं,’ गृह सहप्रवक्ता अधिकारीले भने ।

भारतीय सीमा सुक्षा बल एसएसबीको एक पत्रलाई उदृत गर्दै भारतीय समाचार संस्थाहरुले प्राथमिकताका साथ उक्त समाचार प्रसारण गरेपछि सीमावर्ती क्षेत्रमा सुरक्षा तैनाथी समेत बढाइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : ४९ बजे

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक