काठमाडौं – कोरोना भाइरसले संक्रमित भएपछि लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोनसन थोरै हिडडुल गर्ने सक्ने भएका छन् ।
कोरोना संक्रमित भएको १० दिनसम्म घरमै आराम गरेका प्रधानमन्त्री जोनसनको स्वास्थ्यमा अझ समस्या देखिएपछि अस्पताल भर्ना गरिएको ३ दिनसम्म आइसीयूमा राखिएको थियो ।
स्वास्थ्यमा उल्लेख्य सुधार देखिएपछि विहिबार साँझ आइसीयूबाट सामान्य वार्डमा सारिएका जोनसन भित्रै थोरै हिडडुल गर्न थालेको बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जनाएका छन् ।
प्रतिक्रिया