कोरोना प्रतिबन्ध उल्लघंन गर्ने अस्ट्रेलियाली मन्त्री नै कारबाहीमा « Khabarhub

कोरोना प्रतिबन्ध उल्लघंन गर्ने अस्ट्रेलियाली मन्त्री नै कारबाहीमा


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाईरस नियन्त्रणको प्रतिबन्ध उल्लघंन गरेको भन्दै अस्ट्रेलियाका एक राज्यमन्त्री कारवाहीमा परेका छन् ।

न्यु साउथ वेल्स राज्यका कलामन्त्री डन हार्विनलाई नियम तोडेको आरोपमा प्रहरीले १ हजार डलर जरिवाना तिराएको हो ।

मन्त्री हार्विन सेन्ट्रल कोष्टको आफ्नो होलिडे हाउसमा बस्न गएका थिए । न्यु साउथ वेल्स राज्यले भाईरस फैलन नदिन, सबै नागरिकलाई शहरी क्षेत्रबाट ग्रामिण भेगमा यात्रा नगर्न र नबस्न निर्देशन दिएको छ ।

तर, यो नियमको उल्लघंन गर्दै मन्त्री हार्विन भने आफ्नो पर्ल विचको घरमा बस्न गएका थिए । गत बुधवार मन्त्री हार्विन होलिडे घरमा बसिरहेको फोटो सामाजिक संजालमा सार्वजनिक भएको थियो । त्यसपछि बिहिबार उनी पर्लविचबाट सिड्नी फर्किएपछि प्रहरीले जरिवाना तिराएको हो ।

कोरोना फैलन नदिन नियम तोड्नेलाई स्थानिय प्रहरीलाई ठाउको ठाउको जरिवाना तिराउन सक्ने अधिकार दिईएको छ ।

न्यु साउथ वेल्सका प्रहरी आयुक्त माईक फुलरले कोही पनि कानुनभन्दा माथी नरहेको स्थानिय मिडियालाई बताए । उनले भने -‘जो कोहीले कानुन तोड्ने कार्य गर्छ भने त्यसको अनुसन्धान हुन्छ र कानुन अनुसारको कारवाहीको भागिदार हुनुपर्छ ।’

आफ्नो मन्त्रीको हर्कतलाई न्यु साउथ वेल्सका मुख्यमन्त्री (प्रिमियर)ग्याल्डिस बेरजेकलिनले निकै दुखद भएको बताईन । उनले भनिन् कानुनभन्दा माथी कोही छैन ।

यो घटनापछि मुख्यमन्त्री ग्याल्डिसमाथी मन्त्री हार्विनलाई बर्खास्त गर्न दवाव परेको छ । उता मन्त्री हार्विनले आफु होलिडे होममा ३ हप्तादेखि बसिरहेको र स्वास्थ्य परिक्षणका लागि मात्र एक चोटी सिड्नी आएको प्रतिक्रिया दिएका छन् । उनले आफु होलिडे होममै बसेर काम गरेको बताएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : ०३ बजे

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले