१२ सय डलर आगामी सातादेखि दिइदै, यस्तो छ पैसा पाउने व्यवस्था « Khabarhub

१२ सय डलर आगामी सातादेखि दिइदै, यस्तो छ पैसा पाउने व्यवस्था


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अमेरिकी सरकारले कोरोना भाइरसको महामारीका कारण दिने १२ सय डलरको सहायता रकम आगामी सातादेखि दिने भएको छ ।

उक्त सहायता रकम कर नतिरेकाहरुलाई समेत दिलाउन लागिएको छ । तर कर नतिरेकाहरुले आफ्नो पूर्ण विवरण बुझाउनुपर्ने प्रावधान राखिएको छ ।

आईआरएस र फ्रि फाइल एलायन्सबीचको सहकार्यमा नयाँ टुलको विकास गरिएपछि अनलाइनमार्फत कम आम्दानी भएर कर नै नबुझाएकाहरुलाई पनि फारम भर्न मिल्ने गरी व्यवस्था मिलाइएको हो ।

१२ हजार २ सय भन्दा कम आम्दानी भएको एकल र २४ हजार ४ सय भन्दा कम आम्दानी भएका दम्पत्तिलाई कर तिर्न अनिवार्य नगरिएकाले यस्तो व्यवस्था गरिएको हो ।

आईआरएसका कमिश्नर चक रेटिजले ट्याक्स रिर्टन फाइल गर्न बाध्यकारी नभएकाहरुले उक्त टुलको प्रयोग गरेर आफ्नो आधारभूत जानकारी उपलब्ध गराउन सुझाव दिएका छन् ।

आईआरएसले सबै करदाताहरुलाई उक्त राहत रकम आगामी साता १७ अप्रिलदेखि खातामा पठाउन सुरु गर्ने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : २१ बजे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो