१२ सय डलर आगामी सातादेखि दिइदै, यस्तो छ पैसा पाउने व्यवस्था « Khabarhub

१२ सय डलर आगामी सातादेखि दिइदै, यस्तो छ पैसा पाउने व्यवस्था


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अमेरिकी सरकारले कोरोना भाइरसको महामारीका कारण दिने १२ सय डलरको सहायता रकम आगामी सातादेखि दिने भएको छ ।

उक्त सहायता रकम कर नतिरेकाहरुलाई समेत दिलाउन लागिएको छ । तर कर नतिरेकाहरुले आफ्नो पूर्ण विवरण बुझाउनुपर्ने प्रावधान राखिएको छ ।

आईआरएस र फ्रि फाइल एलायन्सबीचको सहकार्यमा नयाँ टुलको विकास गरिएपछि अनलाइनमार्फत कम आम्दानी भएर कर नै नबुझाएकाहरुलाई पनि फारम भर्न मिल्ने गरी व्यवस्था मिलाइएको हो ।

१२ हजार २ सय भन्दा कम आम्दानी भएको एकल र २४ हजार ४ सय भन्दा कम आम्दानी भएका दम्पत्तिलाई कर तिर्न अनिवार्य नगरिएकाले यस्तो व्यवस्था गरिएको हो ।

आईआरएसका कमिश्नर चक रेटिजले ट्याक्स रिर्टन फाइल गर्न बाध्यकारी नभएकाहरुले उक्त टुलको प्रयोग गरेर आफ्नो आधारभूत जानकारी उपलब्ध गराउन सुझाव दिएका छन् ।

आईआरएसले सबै करदाताहरुलाई उक्त राहत रकम आगामी साता १७ अप्रिलदेखि खातामा पठाउन सुरु गर्ने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : २१ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको