कोरोना नियन्त्रणमा मद्दत मिल्ने महत्वपूर्ण खोजमा सफलता मिलेको वैज्ञानिकहरुको दावी « Khabarhub

कोरोना नियन्त्रणमा मद्दत मिल्ने महत्वपूर्ण खोजमा सफलता मिलेको वैज्ञानिकहरुको दावी


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको नियन्त्रणका लागि महत्वपूर्ण खोजमा सफलता मिलेको अमेरिकी वैज्ञानिकहरुले दावी गरेका छन् ।

 कोरोना भाइरसलाई नियन्त्रणमा राख्न अमेरिकी वैज्ञानिकहरुले मानव शरीरको ‘टार्गेट पोइन्ट’ पत्ता लगाएका छन् ।

उक्त ‘टार्गेट पोइन्ट’मा कोरोनाभाइरसविरुद्धको एन्टिभाइरल औषधि प्रयोग गर्दा प्रभावकारी काम गर्ने दावी गरिएको छ ।

यसलाई कोरोनाभाइरसको उपचारको खोजीमा भइरहेका प्रयासमा ठूलो सफलता मानिएको छ ।

यसको सहयोगले अब औषधिलाई मानव शरीरको ठीक त्यही ठाउँमा असर गर्ने बनाउन सकिनेछ, जुन ठाउँमा भाइरस टाँसिएर रहेको हुनेछ ।

यो खोजी अमेरिकाको कर्नेल विश्वविद्यालयका वैज्ञानिकले गरेका हुन् । यो खोजीलाई विश्वविद्यालयले आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ ।

अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले सबैभन्दा पहिले कोरोनाभाइरस अर्थात कोभिड १९ को संरचना र प्रकृतिको मिलान यसअघि फैलिएका भाइरसहरु सार्स र मर्सको संरचना र प्रकृतिसँग गरेका थिए ।

वैज्ञानिहरुका अनुसार कोरोना भाइरसको बाहिरी काँडेदार पत्र मानव शरीरको कोशिकाहरुमा गएर टाँसिएर कोशिकाहरुलाई संक्रमित गर्दै अरु भाइरस उत्पादन गर्न सुरु गर्छ ।

कोरोनाभाइरसको संरचना सन् २००२ मा फैलिएको सार्स भाइरससँग ९३ प्रतिशत मिल्दोजुल्दो रहेको वैज्ञानिकहरुले दावी गरेका छन् ।

वैज्ञानिक गेरी ह्वीटकरको टिमले इन्फ्लुएन्जाको भाइरस र कोरोना भाइरस शरीरका कोशिकाहरुमा कसरी प्रवेश गर्छ भन्ने विषयमा पनि अनुसन्धान जारी राखेको बताइएको छ ।

वैज्ञानिकहरु अब भाइरसको बाहिरी पत्रको रासायनिक प्रक्रिया पत्ता लगाएर यसलाई रोक्ने पद्धतिको खोजिमा समेत जुटेका छन् ।

यदि उक्त रासायनिक प्रक्रिया रोकियो भने भाइरसले मानव शरीरका कोशिकासँग सम्पर्क गर्न सक्ने छैन र केही दिनमा भ्याक्सिनको असरले मर्ने दावी गरिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : ४४ बजे

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर