कोरोना नियन्त्रणमा मद्दत मिल्ने महत्वपूर्ण खोजमा सफलता मिलेको वैज्ञानिकहरुको दावी « Khabarhub

कोरोना नियन्त्रणमा मद्दत मिल्ने महत्वपूर्ण खोजमा सफलता मिलेको वैज्ञानिकहरुको दावी


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको नियन्त्रणका लागि महत्वपूर्ण खोजमा सफलता मिलेको अमेरिकी वैज्ञानिकहरुले दावी गरेका छन् ।

 कोरोना भाइरसलाई नियन्त्रणमा राख्न अमेरिकी वैज्ञानिकहरुले मानव शरीरको ‘टार्गेट पोइन्ट’ पत्ता लगाएका छन् ।

उक्त ‘टार्गेट पोइन्ट’मा कोरोनाभाइरसविरुद्धको एन्टिभाइरल औषधि प्रयोग गर्दा प्रभावकारी काम गर्ने दावी गरिएको छ ।

यसलाई कोरोनाभाइरसको उपचारको खोजीमा भइरहेका प्रयासमा ठूलो सफलता मानिएको छ ।

यसको सहयोगले अब औषधिलाई मानव शरीरको ठीक त्यही ठाउँमा असर गर्ने बनाउन सकिनेछ, जुन ठाउँमा भाइरस टाँसिएर रहेको हुनेछ ।

यो खोजी अमेरिकाको कर्नेल विश्वविद्यालयका वैज्ञानिकले गरेका हुन् । यो खोजीलाई विश्वविद्यालयले आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ ।

अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले सबैभन्दा पहिले कोरोनाभाइरस अर्थात कोभिड १९ को संरचना र प्रकृतिको मिलान यसअघि फैलिएका भाइरसहरु सार्स र मर्सको संरचना र प्रकृतिसँग गरेका थिए ।

वैज्ञानिहरुका अनुसार कोरोना भाइरसको बाहिरी काँडेदार पत्र मानव शरीरको कोशिकाहरुमा गएर टाँसिएर कोशिकाहरुलाई संक्रमित गर्दै अरु भाइरस उत्पादन गर्न सुरु गर्छ ।

कोरोनाभाइरसको संरचना सन् २००२ मा फैलिएको सार्स भाइरससँग ९३ प्रतिशत मिल्दोजुल्दो रहेको वैज्ञानिकहरुले दावी गरेका छन् ।

वैज्ञानिक गेरी ह्वीटकरको टिमले इन्फ्लुएन्जाको भाइरस र कोरोना भाइरस शरीरका कोशिकाहरुमा कसरी प्रवेश गर्छ भन्ने विषयमा पनि अनुसन्धान जारी राखेको बताइएको छ ।

वैज्ञानिकहरु अब भाइरसको बाहिरी पत्रको रासायनिक प्रक्रिया पत्ता लगाएर यसलाई रोक्ने पद्धतिको खोजिमा समेत जुटेका छन् ।

यदि उक्त रासायनिक प्रक्रिया रोकियो भने भाइरसले मानव शरीरका कोशिकासँग सम्पर्क गर्न सक्ने छैन र केही दिनमा भ्याक्सिनको असरले मर्ने दावी गरिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : ४४ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी