पीपीईबारे बेलायती प्रधानमन्त्रीलाई सम्झाउने डाक्टरकै कोरोनाले लियो ज्यान « Khabarhub

पीपीईबारे बेलायती प्रधानमन्त्रीलाई सम्झाउने डाक्टरकै कोरोनाले लियो ज्यान


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको उपचारमा संलग्न हुनेलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई)को आवश्यकताबारे बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई बोध गराउने चिकित्सकै कोरोना भाइरसले ज्यान लिएको छ ।

पूर्वीलण्डनको होमर्टन हस्पिटलमा कन्सल्टेन्ट युरोलोजिस्टको रुपमा कार्यरत ५२ बर्षीय डा. चौधरीको कोरोना भाइरसको संक्रमणपछि उपचारकै क्रममा बुधबार मृत्यु भएको हो ।

चौधरीले गत महिना एक फेसबुक पोस्टमार्फत प्रधानमन्त्री जोनसनलाई पीपीइको आवश्यकताबारे बोध गराएका थिए ।

उनले  नेशनल हेल्थ सर्भिस (एन्एचएस)का सबै स्वास्थ्यकर्मीलाई पीपीई उपलब्ध गराउन आग्रह समेत गरेका थिए । तर तिनै डाक्टर चौधरीको भने कोरोना भाइरसले ज्यान लिएको छ ।

मार्चको अन्त्यतिर बेलायतका ३ हजार ९६३ डाक्टरहरुले द सन्डे टाइम्मा खुला पत्र लेख्दै ‘आफूहरुले प्रत्येक दिन आफ्नो जीवन जोखिममा राखेर’ काम गरिरहेको बताएका थिए ।

उनीहरुले २०१५ मै एक्सपायर भइसकेका मास्क प्रयोग गरेर काम गर्नुपरेको भन्दै आइसीयू र एनेस्थेसियामा काम गर्ने डाक्टरहरु अझै ठूलो जोखिममा रहेको बताएपछि डा. चौधरीले प्रधानमन्त्री बोरिसलाई चिकित्सकको सुरक्षामा ध्यान दिन आग्रह गर्दै आएका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ९ : ०४ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी