सार्क राष्ट्रमा कोरोना भाइरसबाट ३६४ को मृत्यु, १३ हजार भन्दाबढी संक्रमित « Khabarhub

सार्क राष्ट्रमा कोरोना भाइरसबाट ३६४ को मृत्यु, १३ हजार भन्दाबढी संक्रमित


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सार्क सदस्य राष्ट्रहरुमा कोरोना भाइरसले ३८६ जनाको मृत्यु भएको छ भने १३ हजार भन्दाबढी संक्रमित भएका छन् ।

सार्क राष्ट्रमध्ये भारतमा सबैभन्दा बढी कोरोनाको असर परेको छ । भारतमा कोरोना भाइरसबाट २४९ जनाको मृत्यु भएको छ भने ७ हजार ६ सय भन्दाबढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ८७५ जना नयाँ संक्रमित फेला परेका छन् भने  २२ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै पाकिस्तानमा कोरोना भाइरसबाट ६६ जनाको मृत्यु भएको छ भने ४ हजार ६ सय ९५ संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा पाकिस्तानमा २०६ जना नयाँ संक्रमित फेला परेका छन् ।

सार्क राष्ट्रममा कोरोना भाइरसको तेस्रो प्रभावित मुलुक बंगलादेशमा २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा बंगलादेशमा ९४ जना संक्रमित फेला परेसँगै ४२४ जनामा संक्रमण देखिएको छ ।

यस्तै अफगानीस्तानमा १५ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । अफगानिस्तानमा ५२१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

श्रीलंकामा कोरोना भाइरसले ७ जना मानिसको ज्यान गएको छ । श्रीलंकामा हालसम्म १ सय ९७ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये ५४ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

सार्क राष्ट्रमध्ये सबैभन्दा सानो राष्ट्र माल्दिभ्समा पनि कोरोनाका संक्रमण देखिएको छ । माल्दिभ्समा १९ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये १३ जना संक्रमित उपचार पछि घर फर्किसकेका छन् ।

नेपालमा शनिबार विहानसम्म ९ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये एक जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्य ८ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

सार्क राष्ट्र मध्येको भुटानमा कोरोनाको प्रभाव सामान्य देखिएको छ । भुटानमा शनिबार बिहानसम्म ५ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये दुई जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको उपचार जारी छ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १० : ०५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका