प्रमुख सेनानी विष्टको शव लिन सुडान उड्यो श्रीएयरको जहाज « Khabarhub

प्रमुख सेनानी विष्टको शव लिन सुडान उड्यो श्रीएयरको जहाज


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हृदयाघातका कारण ज्यान गुमाएका नेपाली सैनिक रिदेश विष्टको शव लिन श्री एयरलाइन्सको जहाज सुडानतर्फ उडान भरेको छ ।

९ महिनाअघि सुडान मिसन ‘स्टाफ अफिसर’ का रूपमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी विष्टको सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा गएको १७ गते शान्ति मिसनको ड्युटीकै क्रममा हृदयघात हुँदा ज्यान गएको थियो।

विष्टको शव लिन श्री एयरलाइन्सको ‘नाइन एन ए एमबी’ कलसाइनको जहाज सुडानको लागि उडेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

उनका अनुसार जहाज आइतबार विष्टको शव लिएर नेपाल आइपुग्ने छ। विष्टको शव ल्याउन संयुक्त राष्ट्रसंघको शान्ति मिसनले समन्वय गरेको पनि प्रवक्ता पाण्डेले बताए।

सैनिक मुख्यालय जंगी अड्डाको सिकायत जाँच निर्देशनालयमा दरबन्दी भएका विष्ट ललितपुर सानेपाका स्थायी बासिन्दा हुन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १२ : ०१ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट