बाँदर र चराचुरुङीलाई आहार बाँड्दै मेयर शाक्य नेतृत्वको टोली « Khabarhub

बाँदर र चराचुरुङीलाई आहार बाँड्दै मेयर शाक्य नेतृत्वको टोली


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिने उदेश्यले सरकारले लकडाउन जारी गरेसँगै काठमाडौं महानगरपालिकाले सामूदायिक कुकुर, छाडा चौपाय, बाँदर र अन्य चराचुरुङ्गीको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न उनीहरुलाई समेत आहाराको व्यवस्था गर्दै आएको छ ।

यसै अनुरुप काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यसहितको टोलीले आज आफैँ स्वयम्भू, बौद्ध र पशुपतिनाथ क्षेत्रमा पुगी उनीहरुलाई आहारको व्यवस्था गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ), सहसचिव राजेश्वर ज्ञवाली, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकाल, प्रशासन विभाग प्रमुख नमराज ढकाल, महानगर प्रहरी प्रमुख धनपति सापकोटालगायतको टोलीसहित शाक्य स्वयम्भू, बौद्ध र पशुपतिनाथ पुगेका हुन् ।

प्रमुख शाक्यको टोली ती तीन ठाउँमै पुग्दा ती वडाका वडाध्यक्षसहितका जनप्रतिनिधि पनि सहभागी भएका थिए । पशुपति क्षेत्र पुग्दा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदिप ढकाललगायत पनि सहभागी थिए ।

छाडा चौपाय, बाँदर र अन्य चराचुरुङ्गीलाई आहारको व्यवस्था गर्न टोलीसहित विश्व सम्पदासूचिमा सुचिकृत ती क्षेत्रहरुमा पुगेका प्रमुख शाक्यले उनीहरुको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्छ भनेर ४३ औं नगर कार्यपालिका बैठकले उनीहरुलाई आहारको व्यवस्था गर्ने निर्णय गरेको र सोही अनुरुप काम अघि बढेको बताए ।

‘हामीले असाहय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुलाई राहत वितरण गर्न कोरोना भाइरस (कोभिड–१९) सम्वन्धी राहतवितरण मापदण्ड–२०७६ नै पारित गरी त्यसैको मापदण्ड अनुसार राहत वितरण गर्दै आएका छौँ,’ प्रमुख शाक्यले भने, ‘हामीले चराचुरुङ्गी, परेवा, छाडा चौपाय, सामुदायिक कुकुर, बादर केही पनि भोकले नमरुन भनेर वडा–वडालाई नै उनीहरुको आहारका लागि बजेट पठाएका छौँ ।’

उनले सबै वडाले त्यहि बजेट मार्फत आहाराको व्यवस्था गरिरहेको भन्दै आज मुख्य गरेर बादँर, कुकुर र छाडा चौपायको बढी भीडभाड हुने विश्वसम्पदामा सुचिकृत सम्पदा क्षेत्रहरु स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रमा अनुगमनका लागि पुगेको जानकारी दिए । ‘निर्णय गरे अनुसार काम भैरहेको छ कि छैन भनेर आज केन्द्रीय टोली अनुगमनका लागि आएको हो,’ उनले भने, ‘महानगरभित्र कोही पनि भोको नरहोस् भन्ने भावना अनुरुप नै सबै वडाले सक्रिय रुपमा काम गरिरहेका छन् ।’

उनले असाहय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने मात्र होइन महानगर क्षेत्र भित्र घर भएर पनि किनेर खान समस्या भएकालाई पनि राहतको व्यवस्था गरेको जानकारी दिए ।

‘काठमाडौँमा बहालमा बसेका तर किनेर खान समस्या भएका र काठमाडौँमै घर भएका तर, किनेर खान समस्या भए दुबैलाई हामीले व्यवस्था गर्छौ भनिरहेका छौँ,’ उनले भने, ‘आयस्रोत भएका, लकडाउनको अवधिमा खानलाई समस्या नभएको वर्ग अहिलको राहतका लागि लक्षित वर्ग भित्र पर्दैन ।’

विदेशबाट यहाँ आएर बसेका, लकडाउनका कारण स्वदेश फर्किन नपाएका र किनेर खान समस्या भएकाहरुलाई पनि राहतको व्यवस्था गर्ने उनले जानकारी दिए ।

उनले भोलि बसन्तपुर, कालमोचनलगायतका क्षेत्रमा अनुगमन गर्ने पनि जानकारी दिए । लकडाउनका कारण मानिसको आवागमन नहुँदा र होटल, रेष्टुराँहरु सञ्चालन हुँदा सामूदायिक कुकुर, बाँदर र छाडा चौपायाले खानेकुरा खान नपाएको कुरालाई ध्यानमा राख्दै उनीहरुलाई आहाराको व्यवस्था गर्न वडाहरुलाई थप रकमको व्यवस्था गर्न आफू तयार रहेको पनि उनले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १२ : ४४ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी