पाँच दिनको पैदल यात्राः प्यूठानदेखि जुम्ला « Khabarhub

पाँच दिनको पैदल यात्राः प्यूठानदेखि जुम्ला


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जु्म्ला- लकडाउन हुनुअघि मजदूरीका लागि प्यूठान जिल्लामा गएका जुम्ला र कालीकोटका युवा पाँच दिनको पैदल यात्रापछि जुम्ला आइपुगेका छन् । कोरोना भाइरसको त्रासपछि देशमा लकडाउन भएर ज्याला मजदूरी बन्द भएपछि उनीहरू पैदल यात्रा गरेरै यहाँ आइपुगेका हुन् ।

हिमा गाउँपालिका – ६ महाबै पाथरखोलाका तुलराज अधिकारीले मजदूरीका लागि प्यूठान जिल्ला पुगेका बेलामा कोरोना भाइरसका कारण देश लकडाउन भएको र कामविहीन भई आर्थिक सङ्कटमा परेपछि रोल्पा हुँदै रुकुम, जाजरकोट भएर पाँच दिनमा जुम्ला पुगेको बताए ।

यसैगरी हर्क तिरुवाले लकडाउनको अवधि निश्चित नभएपछि बरु घरमै बसौँला भनेर चाउचाउ, बिस्कुट र पानीका भरमा दिनरात हिँडेर जुम्ला पुगेको सुनाए ।

“कालीकोट जिल्लाका नौ र जुम्लाका चार गरी १३ जनालाई भौतिक संरचना निर्माणको जिम्मेवारी थियो । लकडाउनले काम पनि नहुने र भएका पैसा पनि सकिएपछि रातारात गरी आफ्नो जिल्ला आउनुपर्ने बाध्यता भयो”, तिरुवाले भने ।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार प्यूठान जिल्लाबाट जुम्ला र कालीकोटका स्थानीयवासी युवा भागेर आएको जाजरकोट जिल्लासँग सिमाना जोडिएको तातोपानी गाउँपालिका – ७ ताम्तीगाउँबाट जानकारी प्राप्त भएपछि त्यहाँका बासिन्दा र प्रहरी टोलीले कालीकोट जिल्ला तिलागुफा नगरपालिकाका चार, पलाता गाउँपालिकाका पाँच र जुम्ला, महाबै पाथरखोलाका चार युवावालाई नाग्म हेल्थ डेस्कमा जाँच गरेर १४ दिनसम्म बस्ने गरी क्वारेन्टाइनमा राखेका छन् ।

बर्दियाका मजदूर अलपत्र

जुम्ला कालीकोटको सिमाना जोड्ने पक्की पुल निर्माण गर्न आएका बर्दियाका नौ मजदूर अलपत्र छन् । लकडाउनका कारण काम रोकिएपछि घर फर्कने वातावरण नहुँदा सङ्कटमा परेका उनीहरू पुल निर्माणस्थल नजीकै बसिरहेका छन् ।

जुम्ला घर भएका जयधुननाथ योगीका अनुसार समयमै घर फर्कन नसक्दा बर्दियाका कामदार अलपत्र परेका हुन् । कामका सिलसिलामा सुर्खेत गएका ठेकेदार लकडाउनका कारण फर्कन नसकेको पनि उनले बताए ।

समस्यामा परेका मजदूरलाई तिला गाउँपालिकाले तत्काल ९० केजी चामल, ३० केजी दाल, ३५ केजी आलु, १५ पोका नुन र दुई बाकस तेल उपलब्ध गराएको छ । घर फर्काइदिन अनुरोध गरेका मजदूरलाई गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले तत्काल घर पठाउन सकिने अवस्था नभएकाले जुम्लामै ढुक्कसँग बस्न आग्रह गरे ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १ : ०९ बजे

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको खर्च सीमा तोक्यो

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा

सर्वोच्च अदालत : ‘हदम्याद, तारेख र म्याद थप अनुमति’

काठमाडौं– सर्वोच्च अदालतले चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप

विगतका चुनावमा अन्तर्घात गर्ने सबै नेता-कार्यकर्तालाई माफी दियो कांग्रेसले

काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले विगतमा पार्टीको अनुशासन उल्लंघन

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको

प्रवक्ता महतको तर्क : बालेन र रवि मिल्दैमा कांग्रेसलाई असर गर्दैन

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका