पाँच दिनको पैदल यात्राः प्यूठानदेखि जुम्ला « Khabarhub

पाँच दिनको पैदल यात्राः प्यूठानदेखि जुम्ला


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जु्म्ला- लकडाउन हुनुअघि मजदूरीका लागि प्यूठान जिल्लामा गएका जुम्ला र कालीकोटका युवा पाँच दिनको पैदल यात्रापछि जुम्ला आइपुगेका छन् । कोरोना भाइरसको त्रासपछि देशमा लकडाउन भएर ज्याला मजदूरी बन्द भएपछि उनीहरू पैदल यात्रा गरेरै यहाँ आइपुगेका हुन् ।

हिमा गाउँपालिका – ६ महाबै पाथरखोलाका तुलराज अधिकारीले मजदूरीका लागि प्यूठान जिल्ला पुगेका बेलामा कोरोना भाइरसका कारण देश लकडाउन भएको र कामविहीन भई आर्थिक सङ्कटमा परेपछि रोल्पा हुँदै रुकुम, जाजरकोट भएर पाँच दिनमा जुम्ला पुगेको बताए ।

यसैगरी हर्क तिरुवाले लकडाउनको अवधि निश्चित नभएपछि बरु घरमै बसौँला भनेर चाउचाउ, बिस्कुट र पानीका भरमा दिनरात हिँडेर जुम्ला पुगेको सुनाए ।

“कालीकोट जिल्लाका नौ र जुम्लाका चार गरी १३ जनालाई भौतिक संरचना निर्माणको जिम्मेवारी थियो । लकडाउनले काम पनि नहुने र भएका पैसा पनि सकिएपछि रातारात गरी आफ्नो जिल्ला आउनुपर्ने बाध्यता भयो”, तिरुवाले भने ।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार प्यूठान जिल्लाबाट जुम्ला र कालीकोटका स्थानीयवासी युवा भागेर आएको जाजरकोट जिल्लासँग सिमाना जोडिएको तातोपानी गाउँपालिका – ७ ताम्तीगाउँबाट जानकारी प्राप्त भएपछि त्यहाँका बासिन्दा र प्रहरी टोलीले कालीकोट जिल्ला तिलागुफा नगरपालिकाका चार, पलाता गाउँपालिकाका पाँच र जुम्ला, महाबै पाथरखोलाका चार युवावालाई नाग्म हेल्थ डेस्कमा जाँच गरेर १४ दिनसम्म बस्ने गरी क्वारेन्टाइनमा राखेका छन् ।

बर्दियाका मजदूर अलपत्र

जुम्ला कालीकोटको सिमाना जोड्ने पक्की पुल निर्माण गर्न आएका बर्दियाका नौ मजदूर अलपत्र छन् । लकडाउनका कारण काम रोकिएपछि घर फर्कने वातावरण नहुँदा सङ्कटमा परेका उनीहरू पुल निर्माणस्थल नजीकै बसिरहेका छन् ।

जुम्ला घर भएका जयधुननाथ योगीका अनुसार समयमै घर फर्कन नसक्दा बर्दियाका कामदार अलपत्र परेका हुन् । कामका सिलसिलामा सुर्खेत गएका ठेकेदार लकडाउनका कारण फर्कन नसकेको पनि उनले बताए ।

समस्यामा परेका मजदूरलाई तिला गाउँपालिकाले तत्काल ९० केजी चामल, ३० केजी दाल, ३५ केजी आलु, १५ पोका नुन र दुई बाकस तेल उपलब्ध गराएको छ । घर फर्काइदिन अनुरोध गरेका मजदूरलाई गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले तत्काल घर पठाउन सकिने अवस्था नभएकाले जुम्लामै ढुक्कसँग बस्न आग्रह गरे ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १ : ०९ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी