संक्रमणको आशंकामा मस्जिदमा बस्दै आएका तीन जनालाई आइसोलेसनमा राखियो « Khabarhub

संक्रमणको आशंकामा मस्जिदमा बस्दै आएका तीन जनालाई आइसोलेसनमा राखियो


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- कोरोना भाइसर संक्रमणको आशंकामा मस्जिदमा बस्दै आएका तीन जना भारतीयलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरु तीनैजनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

कोरोना संक्रमणको आशंकापछि वीरगन्ज महानगरपालिका(२, छपकैयास्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार दिउँसोबाट नारायणी अस्पतालको आइसोलेसन कक्षमा राखिएको हो ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बिहीबार स्वाब संकलन गरेर पठाइएको २४ जनामध्ये तीनजनालाई अस्पतालको आइसोलेसन कक्षमा राखिएको बताए ।

बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिदका २४ जना धार्मिक गुरु नारायणी अस्पतालमा ‘स्क्रीनिङ’का लागि आएका थिए ।

चिकित्सकले उनीहरुको स्वाब संकलन गरि प्रदेश नम्बर ३ को हेटौंडामा रहेको कोरोना परीक्षण प्रयोगशालामा पठाएका थिए ।

२४ जना मध्ये ३ जनाको रिर्पोट शंकास्पद देखिएको जानकारी आएपछि अस्पतालले उनीहरुलाई मस्जिदबाट ल्याएर आइसोलेसनमा राखेको हो ।

हेटौंडाको कोरोना परीक्षण ल्याबले शंकास्पद देखिएका ३ जनाको रिर्पोट कन्फर्म गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको हो ।

‘हेटौंडाका ल्याबमा गरिएका परीक्षण शंकास्पद भएको भन्ने सुनिएपछि उनीहरुलाई अस्पतालको आइसोलेनमा ल्याइउको हो, डा उपाध्यायले भने, आज दिउँसोसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट फाइनल रिर्पोट आएपछि के हो भन्ने कुराको निधो हुन्छ ।’

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ३ : ४० बजे

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही

जुस पसललाई ५० हजार जरिवाना

गण्डकी– जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं– दक्षिणी छिमेकी भारतबाट प्रधानमन्त्री वालेन्द्र शाहलाई दिल्ली भ्रमणको निम्तो