सल्यान– भारतलगायत तेस्रो मुलुकबाट सल्यान आएका ४३ जनाको स्वाब परीक्षण गरिएको छ ।
कोरोना भाइरस (कोभिड १९) को शंकास्पद मानिएका व्यक्तिहरुको स्वाब परीक्षण गरिएका हो ।
परीक्षण गरिएका ४३ जना मध्ये अहिलेसम्म तीन जनाको रिर्पोट नेगेटिभ आएको छ भने बाँकीको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्यकार्यालय सल्यानले जनाएको छ ।
चैत १ गते यता तेस्रो मुलुकबाट आएका सबै र भारत तथा अन्तरजिल्लाबाट आएका मध्ये शंकास्प ४३ जनाको स्वाब संकलन गरिएकोस्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताए ।
जिल्लामा संकलन गरिएका स्वाबहरु परीक्षणका लागि कर्णाली प्रदेश अस्पतालको प्रयोगशालामा पठाइएको छ ।
प्रतिक्रिया