कैदीबन्दी र कर्मचारीको स्वास्थ्य रक्षार्थ सरकारद्वारा रकम विनियोजन | Khabarhub Khabarhub

कैदीबन्दी र कर्मचारीको स्वास्थ्य रक्षार्थ सरकारद्वारा रकम विनियोजन


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नं २ का कारागारमा रहेका कैदीबन्दी र कर्मचारीको स्वास्थ्य जोखिम सन्दर्भमा कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न सरकारले रकम विनियोजन गरेको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेका अनुसार सरकारले प्रदेशका सप्तरी, सिरहा, महोत्तरी, रौतहट र पर्सा कारागारका कैदीबन्दी र कर्मचारीको जोखिमलाई दृष्टिगत गरी रकम विनियोजन गरिएको छ ।

कारागारमा कैदीबन्दी समूहगतरूपमै रहनुपरेकाले कैदीबन्दी र कर्मचारीको स्वास्थ्य जोखिम तथा कोरोना भाइरसको सङ्क्रमणको जटिलतालाई मध्यनजर गर्दै नियन्त्रण र रोकथामका लागि प्रत्येक कारागारलाई २० लाखका दरले रकम विनियोजन गरिएको जनाइएको छ ।

त्यस्तै कोरोना भाइरस सङ्क्रमण हुन दिन जारी ‘लकडाउन’का कारण प्रदेशका कृषक र फर्मलाई परेको प्रतिकूल प्रभाव कम गर्न ब्याज अनुदान र राहतका लागि रु ३० करोड बजेट विनियोजनसमेत गरिएको छ । सचिव घिमिरेले सोका लागि प्रतिकूल प्रभाव न्यूनीकरण निर्देशिकासमेत बनिसकेको जानकारी दिए।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : १५ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको