कैदीबन्दी र कर्मचारीको स्वास्थ्य रक्षार्थ सरकारद्वारा रकम विनियोजन « Khabarhub

कैदीबन्दी र कर्मचारीको स्वास्थ्य रक्षार्थ सरकारद्वारा रकम विनियोजन


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नं २ का कारागारमा रहेका कैदीबन्दी र कर्मचारीको स्वास्थ्य जोखिम सन्दर्भमा कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न सरकारले रकम विनियोजन गरेको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेका अनुसार सरकारले प्रदेशका सप्तरी, सिरहा, महोत्तरी, रौतहट र पर्सा कारागारका कैदीबन्दी र कर्मचारीको जोखिमलाई दृष्टिगत गरी रकम विनियोजन गरिएको छ ।

कारागारमा कैदीबन्दी समूहगतरूपमै रहनुपरेकाले कैदीबन्दी र कर्मचारीको स्वास्थ्य जोखिम तथा कोरोना भाइरसको सङ्क्रमणको जटिलतालाई मध्यनजर गर्दै नियन्त्रण र रोकथामका लागि प्रत्येक कारागारलाई २० लाखका दरले रकम विनियोजन गरिएको जनाइएको छ ।

त्यस्तै कोरोना भाइरस सङ्क्रमण हुन दिन जारी ‘लकडाउन’का कारण प्रदेशका कृषक र फर्मलाई परेको प्रतिकूल प्रभाव कम गर्न ब्याज अनुदान र राहतका लागि रु ३० करोड बजेट विनियोजनसमेत गरिएको छ । सचिव घिमिरेले सोका लागि प्रतिकूल प्रभाव न्यूनीकरण निर्देशिकासमेत बनिसकेको जानकारी दिए।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : १५ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा