म्याग्दीमा कोरोनाको द्रुत परीक्षण शुरु « Khabarhub

म्याग्दीमा कोरोनाको द्रुत परीक्षण शुरु


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीमा कोरोनाको द्रुत परीक्षण (र्‍यापिड टेष्ट) शुरु गरिएको छ । कोरोनाको सङ्क्रमण फैलिएका देशबाट नेपाल आएका मानिसमा कोरोनाको सङ्क्रमण हुनसक्ने भएकले पहिलो चरणमा प्रवासबाट आएकामा कोरोनाको र्‍यापिड टेष्ट शुरु गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

शनिबार बेनी नगरपालिका क्षेत्रलाई लक्षित गरी गरिएको र्‍यापिड टेष्ट अभियानमा ३३ जनाको कोरोना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।

जिल्लाको मालिका, धवलागिरि मङ्गला, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा समेत प्रवासबाट आएकाहरुलाई लक्षित गरी क्रमिकरुपमा र्‍यापिड टेष्ट गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

र्‍यापिड टेष्टमा नेगेटिभ देखिए पनि मन्त्रालयको कार्यविधिबमोजिम नमूनाका रुपमा छ जनाको स्वाब परीक्षणका लागि गण्डकी प्रदेश सरकार मातहतको परीक्षण केन्द्रमा पठाइएको छ ।

बेनीमा चैत यता आएकालाई १४ दिन नपुगेसम्मका लागि क्वारेनटाइनसमेतमा राखिएको थियो ।

क्वारेनटाइनमा बसेकामा स्वास्थ्य समस्या नदेखिए पनि सम्भावित जोखिमलाई आँकलन गरी ढुक्क हुनका लागि र्‍यापिड टेष्ट गरी कोरोना नियन्त्रण तथा रोकथाम कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिए ।

म्याग्दीमा एक महिनामा प्रवासबाट करिब १४० जना भित्रिएको तथ्याङ्क सङ्कलन भएको छ । मन्त्रालयमार्फत किट आएपछि बेनी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीको टोलीमार्फत र्‍यापिड टेष्ट शुरु गरिएको हो ।

गण्डकी प्रदेश सरकारले एक महिनायता नेपाल आएको प्रदेशभित्रका तीन हजार ७५० जनाकै र्‍यापिड टेष्ट गर्ने तयारी गरेको छ ।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएको अवस्थामा पुनःपरीक्षणका लागि ल्याबमा पठाइनेछ । र्‍यापिड टेष्टबाट १५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्न सकिने भएकाले छोटो अवधिमै धेरै जनामा परीक्षण गरी जोखिमलाई न्यूनीकरण गराउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

म्याग्दीमा अहिलेसम्म कसैमा पनि कोरोनाको सङ्क्रमण भएको छैन । यसअघि बेनी अस्पतालबाट चार जनाको स्वाब परीक्षणका लागि पठाइएको भए पनि सबै जनाको रिपोर्ट नेगेटिभ आएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : २४ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा