म्याग्दीमा कोरोनाको द्रुत परीक्षण शुरु | Khabarhub Khabarhub

म्याग्दीमा कोरोनाको द्रुत परीक्षण शुरु


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीमा कोरोनाको द्रुत परीक्षण (र्‍यापिड टेष्ट) शुरु गरिएको छ । कोरोनाको सङ्क्रमण फैलिएका देशबाट नेपाल आएका मानिसमा कोरोनाको सङ्क्रमण हुनसक्ने भएकले पहिलो चरणमा प्रवासबाट आएकामा कोरोनाको र्‍यापिड टेष्ट शुरु गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

शनिबार बेनी नगरपालिका क्षेत्रलाई लक्षित गरी गरिएको र्‍यापिड टेष्ट अभियानमा ३३ जनाको कोरोना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।

जिल्लाको मालिका, धवलागिरि मङ्गला, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा समेत प्रवासबाट आएकाहरुलाई लक्षित गरी क्रमिकरुपमा र्‍यापिड टेष्ट गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

र्‍यापिड टेष्टमा नेगेटिभ देखिए पनि मन्त्रालयको कार्यविधिबमोजिम नमूनाका रुपमा छ जनाको स्वाब परीक्षणका लागि गण्डकी प्रदेश सरकार मातहतको परीक्षण केन्द्रमा पठाइएको छ ।

बेनीमा चैत यता आएकालाई १४ दिन नपुगेसम्मका लागि क्वारेनटाइनसमेतमा राखिएको थियो ।

क्वारेनटाइनमा बसेकामा स्वास्थ्य समस्या नदेखिए पनि सम्भावित जोखिमलाई आँकलन गरी ढुक्क हुनका लागि र्‍यापिड टेष्ट गरी कोरोना नियन्त्रण तथा रोकथाम कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिए ।

म्याग्दीमा एक महिनामा प्रवासबाट करिब १४० जना भित्रिएको तथ्याङ्क सङ्कलन भएको छ । मन्त्रालयमार्फत किट आएपछि बेनी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीको टोलीमार्फत र्‍यापिड टेष्ट शुरु गरिएको हो ।

गण्डकी प्रदेश सरकारले एक महिनायता नेपाल आएको प्रदेशभित्रका तीन हजार ७५० जनाकै र्‍यापिड टेष्ट गर्ने तयारी गरेको छ ।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएको अवस्थामा पुनःपरीक्षणका लागि ल्याबमा पठाइनेछ । र्‍यापिड टेष्टबाट १५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्न सकिने भएकाले छोटो अवधिमै धेरै जनामा परीक्षण गरी जोखिमलाई न्यूनीकरण गराउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

म्याग्दीमा अहिलेसम्म कसैमा पनि कोरोनाको सङ्क्रमण भएको छैन । यसअघि बेनी अस्पतालबाट चार जनाको स्वाब परीक्षणका लागि पठाइएको भए पनि सबै जनाको रिपोर्ट नेगेटिभ आएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : २४ बजे

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका