रुसमा कोरोना संक्रमितको संख्या दुईलाख भन्दा धेरै « Khabarhub

रुसमा कोरोना संक्रमितको संख्या दुईलाख भन्दा धेरै


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुस- रुसमा पछिल्लाे २४ घण्टामा ११ हजार १२ जनामा काेराेना भाइरस सङ्क्रमण देखिएसँगै कुल सङ्क्रमितकाे सङ्ख्या २ लाख ९ हजार ६ सय ८८ पुगेकाे छ ।

यससंगै रुस विश्वमा धेरै संक्रमित मुलुकको पाँचौ नम्बरमा पुगेको छ ।

आइतबार रुसमा ८८ जनाकाे ज्यान गएकाे पुष्टि भएकाे छ । अब रुसमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार नाै सय १५ भएकाे छ ।

रुसमा पछिल्लाे एक हप्तादेखि प्रतिदिन १० हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।

रुसी अधिकारीहरुले परीक्षणकाे दायरा बढाइएकाेले यति धेरै सङ्ख्यामा सङ्क्रमण देखिएकाे दाबी गरिरहेका छन् ।

कोरोनाबाट सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ ।

अमेरिकामा १३,०९,५४१ मानिस प्रभावित भएका छन् ।त्यस्तै  स्पेनमा २,२३,५७८, इटलीमा २,१८,२६८ तथा बेलायतमा २,१६,५२५ मानिस कोरोनाबाट प्रभावित छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ६ : २० बजे

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख