तीन दिनको मौसम : मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना | Khabarhub Khabarhub

तीन दिनको मौसम : मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी तिन दिन मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका  पहाडी भू-भागका केहि  स्थानहरुमा  र तराईका थोरै स्थानहरुमा यस्तो सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिएको महाशाखाले जनाएको छ ।

हाल देशको सुदुर पश्चिम प्रदेशमा आन्शिक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरुमा सामान्य बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख २९ गते (सोमबार)

दिउँसोः  देशको अधिकांश भू-भागमा सामान्य  बदली रहनेछ। देशको पहाडि भु-भागका केही  स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

रातीः  देशको अधिकांश भू-भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

बैशाख ३० गते (मंगलबार)

दिउँसोः  देशको अधिकांश भू-भागमा सामान्य  बदली रहनेछ। देशका केही  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

रातीः  देशको पुर्वी भु-भाग लगायत मध्य पहाडि भु-भागमा सामान्य  बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केही स्थानहरु, मध्य भु-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

बैशाख ३१ गते (बुधबार)

दिउँसोः  देशको अधिकांश भू-भागमा सामान्य  बदली रहनेछ। देशका केही  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

रातीः  देशको पुर्वी तथा मध्य भु-भाग भु-भागमा सामान्य  बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ।

पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ६ : ५६ बजे

एमाले महासचिव पोखरेलद्वारा पार्टी कार्यालय पुनर्निर्माण थाल्न आव्हान

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देशैभरका क्षतिग्रस्त

सिंहदरबारका भग्नावशेष हेर्दै टोलाउँछन् कर्मचारी

काठमाडौं– अझै पनि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा धुवाँ पुत्पुताइरहेको छ ।

नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीको सामूहिक ऐक्यबद्धता

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल

आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

जनकपुरधाम– ‘जेनजी’ आन्दोलनका  क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक