मलेसियामा कोरोना संक्रमित १०८ जनाको मृत्यु « Khabarhub

मलेसियामा कोरोना संक्रमित १०८ जनाको मृत्यु


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०८ पुगेको छ ।

मलेसियामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको ज्यान नगए पनि थप ६७ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ६५६ पुगेको छ ।

मलेसियामा संक्रमितमध्ये ५ हजार २५ जना उपचारपछि निको भएका छन् । १ हजार ५२३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १८ जनाको अवस्था गम्भीर रहेको छ ।

वैदैशिक रोजगारीको सिलसिलामा ठूलो संख्यामा त्यहाँ नेपालीहरु रहेको हुँदा मलेसियास्थित नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

नेपालीहरुमा कुनै समस्या देखिएमा दूतावासको सम्पर्कमा रहन समेत अनुरोध गरिएको छ ।

मलेसियामा हालसम्म कोरोना संक्रमित नेपालीको संख्या ५४ पुगेको छ । हालसम्म मलेसियामा ३ जना कोरोना संक्रमित नेपाली उपचारपछि निको भइसकेकाम छन् भने अन्यको उपचार भइरहेको मलेसियास्थित नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाले जानकारी दिए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : ५९ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष