कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न स्वास्थ्य सामग्री पठाइयो « Khabarhub

कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न स्वास्थ्य सामग्री पठाइयो


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व- प्रदेश नं ५ सरकारले कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न रुकुम (पूर्व) मा पिपिई र थर्मल गनसहित थप स्वास्थ्य सामग्री पठाएको छ ।

प्रदेश नं ५ का विभिन्न जिल्लामा कोरोना सङ्क्रमित बिरामी बढ्दै जाँदा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, आपूर्ति विभागले जिल्लालाई थप स्वास्थ्य सामग्री उपलब्ध गराएको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय रुकुम (पूर्व) का निमित्त कार्यालय प्रमुख यादवप्रसाद शर्माले ५ इन्फ्रारेड थर्मल गन, १० थान पिपिई र सात सय थान सर्जिकल मास्क आएको जानकारी दिए ।

कोरोना परीक्षणका यी सामग्रीसँगै परिवार नियोजनसम्बन्धी, बालभिटा र आरयुटिएफलगायत स्वास्थ्य सामग्रीसमेत जिल्लामा आएको उनले बताए ।

प्रदेश सरकारले पठाएका पाँच थर्मल गनमध्ये दुई जिल्ला अस्पताल रुकुम (पूर्व) लाई उपलब्ध गराउने र बाँकी ती स्वास्थ्य कार्यालयमै राखिने शर्माले बताए ।

प्रदेश सरकारले अबको दुई दिनमै आरडिटीका लागि किट पठाउने तयारी गरिरहेको प्रदेशसभा सदस्य ओलीले बताए ।

प्रदेश सरकारसँग नै किट अभाव भइरहेका बेलामा रुकुम (पूर्व)का लागि ८० थप किट पठाउन लागिएको बताइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ९ : ४५ बजे

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख