अफ्रिकामा चार करोड मानिस कोरोनाबाट संक्रमित हुनसक्ने डब्लूएचओको चेतावनी « Khabarhub

अफ्रिकामा चार करोड मानिस कोरोनाबाट संक्रमित हुनसक्ने डब्लूएचओको चेतावनी


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरस संक्रमणका कारण अफ्रिकामा एक वर्षमा तीन देखि चार करोड मानिस संक्रमित हुनसक्ने चेतावनी दिएको छ ।

कोरोना संक्रमणका कारण अफ्रिकामा ८३ हजारदेखि एक लाख ९० मानिसको एक वर्षमा ज्यान जाने आशंका पनि डब्लूएचओले गरेको छ ।

अफ्रिका महादेशका विभिन्न देशमा ६० हजार ५ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको अफ्रिका न्यूजले जनाएको छ । जसमध्ये २ हजार २ सय २१ जनाको ज्यान गएको छ भने २० हजार ८ सय जना निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट अफ्रिकामा ५३ देश प्रभावित भएका छन् । अफ्रिकी महादेशको एक मात्र देश लेसोथो भने अहिलेसम्म कोरोना संक्रमणबाट बच्न सफल भएको छ । त्यहाँ कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको अफ्रिका न्यूजले जनाएको छ ।

अफ्रिकी महादेशमा सबैभन्दा बढी दक्षिण अफ्रिका प्रभावित भएको छ जहाँ ९ हजार ४ सय २० केस देखिएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ९ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै