म्याग्दीमा बुबाको हत्या अभियोगमा छोरा पक्राउ | Khabarhub Khabarhub

म्याग्दीमा बुबाको हत्या अभियोगमा छोरा पक्राउ


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शनिबार राति १० बजे बेनी नगरपालिका–१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगरले आफ्नै बुबा ५१ वर्षीय मीनबहादुरलाई टाउकामा ढुङ्गा प्रहार गरेर सख्त घाइते बनाएका थिए ।

बुबा मीनबहादुरको उपचारका क्रममा पोखरामा आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले जानकारी दिए ।

अभियुक्त कुमारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले बताए । अभियुक्त कुमारले प्रहार गरेको ढुङ्गाले अचेत भएका मीनबहादुरलाई बेनी अस्पतालमा उपचार सम्भव नभएपछि पोखराको मणिपाल अस्पतालमा सिफारिस गरिएको थियो ।

कुँवरका अनुसार छोराले ढुङ्गा प्रहार गरेको प्रत्यक्षदर्शी कुमारकी आमाको बयान दिएकी र छोरा कुँवरले पनि स्वीकार गरेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १० : ३६ बजे

जेन-जी आन्दोलनमा मृतकला सहिद घोषणा गरिने, परिवारलाई जनही १५ लाख रुपैयाँ

काठमाडौँ- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २३ र २४

सरकारले असोज १ गते राष्ट्रिय शोकमा सार्वजनिक बिदा दिने 

काठमाडौं– सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय

एमाले महासचिव पोखरेलद्वारा पार्टी कार्यालय पुनर्निर्माण थाल्न आव्हान

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देशैभरका क्षतिग्रस्त

सिंहदरबारका भग्नावशेष हेर्दै टोलाउँछन् कर्मचारी

काठमाडौं– अझै पनि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा धुवाँ पुत्पुताइरहेको छ ।