हिमानी पुत्री पूर्णिकाले लेखिन्- स्वार्थमा जोडिएको विज्ञान त्यागेर प्रकृतिमै रम्नु ठिक ! | Khabarhub Khabarhub

हिमानी पुत्री पूर्णिकाले लेखिन्- स्वार्थमा जोडिएको विज्ञान त्यागेर प्रकृतिमै रम्नु ठिक !


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वयुवराज पारस शाह र हिमानीकी छोरी पूर्णिका शाह केही समयदेखि सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छन् ।

हुन त उनका हजुरबुबा पूर्वराजा ज्ञानेन्द्र शाह, बाबु पारस र आमा हिमानी पनि सक्रिय नै छन् । तर, पूर्णिका भने साहित्यिक रचना, विचार र दर्शन जस्ता कुरा लेख्न मन पराउँछिन् ।

उनी सामाजिक सञ्जालमा कथा, कविता लगायत साहित्यिक सिर्जनाहरु पोस्ट गर्दै आएकी छिन् ।  अहिले उनले विज्ञान किन असफल भयो ? भन्ने शीर्षकमा उनले आफ्ना विचारहरु पाठकमाझ पस्केकी छिन्-

पहिला मानिसहरु खुल्ला कुवाँ,पधेराँको पानी पिउँथे र पनि १०० बर्ष बाँच्थे । अहिले घर घरमा धारो जोडिएको छ, फिल्टर राखिएका छन् र पनि ४० बर्षमै बुढौलीले छोएको छ ।

पहिले खुल्ला कोलमा पेलेको दुषित तेल खान्थे र पनि भरपुर श्रम गर्न सक्थे । अहिले डबल फिल्टर, ट्रिपल फिल्टर तेल खान्छन र पनि जवानीमै स्याँस्याँ र फ्याँफ्याँ गर्छन ।

पहिले ढिक्के नुन खान्थे र पनि स्वस्थ थिए, अहिले आयोडिन युक्त नुनसंगै प्रेसर लो र हाईको गोली पनि खान्छन ।
पहिले कोईला, निम, बज्रदन्ती ले दाँत चम्काउथे र ८० बर्ष सम्म पनि मजाले चपाउँथे ।

अहिलेका कोलगेट सुरक्षाले डेन्टिस्टको चक्कर लगाउछन !
पहिले पाँच गाँउमा एक बैध हुन्थ्यो र पनि सबै स्वस्थ हुन्थे

आज हर गल्लीमा मेडिकल र डाक्टरहरु छन र पनि १० जनामा ९ जना बिरामी छन ।
पहिले ७-८ बच्चा सजिलै जन्माउने आमा ८० बर्ष सम्म पनि घर खेतको काम गर्थिन । अहिले डाक्टरकै निगरानीमा रहदा रहदै पनि पेट च्याथेर बच्चा पाउँछन ।

पहिले भेली (गुण) का डल्लालाई मिठाइ मानेर कोपर्दै खान्थे, अहिले देखेरै शुगर लेवल बढ्छ । पहिले माने कटौरामा हालेर घिउ पिउथे र पनि फिट थिए । अहिले चिल्लो रहित खाएर पनि कोलेस्ट्रोल बढ्छ ।

सिधा सादा सरल जिबन थियो, मान्छेमा अभिमान थिएन स्वाभिमान थियो १ एक अर्का प्रति दया, सहयोग र स्नेहको भावना थियो १ एक आपसमा सम्मान थियो, चाड पर्वका उत्सवहरु मिलेर मनाउथे हुनेले नहुनेलाई दिएर पर्ब मनाउथे !

अहिले दुनियाभरका समस्याहरु छन, एक अर्कामा तछाँड मछाँड र आडम्वर छ, टुक्रे परिवार छन, आपसी मेलमिलाप स्वार्थमा जोडिएको छ र पनि मुर्खहरुले यसलाई २१ औ सताब्दिको बैज्ञानिक युग भनि ब्याख्या गर्दै छन् । यदि बैज्ञानिक युगको उपज यहि नै हो भने मेरो लागि त्यही अबैज्ञानिक युग नै ठिक । विज्ञान त्यागेर प्रकृतिमै रम्नु ठिक ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : २५ बजे

कांग्रेसका यी नेता किन बोक्छन् टिकटिके मोबाइल ? (भिडियोसहित)

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत सिन्धुपाल्चोकबाट निर्वाचित सांसद हुन्

मुलुकमा आत्मसमर्पणवादी मानसिकता हावी भयो : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई वैकल्पिक शक्तिका

सरकारले पेश गर्न लागेको अध्यादेशविरुद्ध ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता

काठमाडौं – सरकारले संसदमा पेश गर्न लागेको अध्यादेशमा ६७ वटा

गोरखामा दुई वटा चितुवा मृत फेला

गोरखा – गोरखाको पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई

लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ : मन्त्री अधिकारी

ललितपुर – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले लेले–चन्दनपुर सडकलाई