‘म त भाग्यमानी’ भन्दै गगन थापाले संसदमा सुनाए कविता « Khabarhub

‘म त भाग्यमानी’ भन्दै गगन थापाले संसदमा सुनाए कविता


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा प्रधानमन्त्रीलाई समर्पित गर्दै कविता सुनएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले म त भाग्यमानी शीर्षकको कविता वाचन गरेका हुन् । उनले कवितामा सीमा मिचिएको, लकडाउनका कारण श्रमिक आहत बनेको तर प्रधानमन्त्री कविता लेखर बसेको उल्लेख गरेका छन् ।

यस्तो छ थापाले संसदमा वाचन गरेको कविता

छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको।
यस्तो सबल सरकार छ
सीमा कसले मिच्ने?

कोही छैनन् जोरी खोज्ने छैनन् कोही हेप्ने
सयौं कोस हिँड्दा पनि श्रमिक छैनन् आहात
गरिबलाई सम्मान छ सरकारबाट राहत
विदेशमा कोही पनि अलपत्र छैनन्

दु:ख, पीडा सुनाउने ती नेपाली नै होइनन्
जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक, साना व्यापारीको साह्रै मर्म बुझ्ने
भ्रष्टाचारलाई नसहने सरकारको छ नीति

हावादारी हल्ला हुन् ओम्नी र यती
सबैतिर वाह वाह यस्तो विकास देख्दा
पत्रकार नि दंग छन् यी समाचार लेख्दा।

कोमल हृदयका प्रधानमन्त्री
आँसु कवि हाम्रा
दिन नबिराई सिर्जना छ आहा कति राम्रा
राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला

गीत कविता भट्याउँदै कालापानी जाऔंला
सारा नेपाल हाँसेको छ मेचीकाली गाउँछ
आँसु आए बरू त्यही गीतले आउँछ।

यस्तो नायक गजबका ल्यायौं जानीजानी
अहो हामी नेपाली त साह्रो भाग्यमानी
म त साह्रै भाग्यमानी।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ११ : ५९ बजे

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको