‘म त भाग्यमानी’ भन्दै गगन थापाले संसदमा सुनाए कविता | Khabarhub Khabarhub

‘म त भाग्यमानी’ भन्दै गगन थापाले संसदमा सुनाए कविता


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा प्रधानमन्त्रीलाई समर्पित गर्दै कविता सुनएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले म त भाग्यमानी शीर्षकको कविता वाचन गरेका हुन् । उनले कवितामा सीमा मिचिएको, लकडाउनका कारण श्रमिक आहत बनेको तर प्रधानमन्त्री कविता लेखर बसेको उल्लेख गरेका छन् ।

यस्तो छ थापाले संसदमा वाचन गरेको कविता

छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको।
यस्तो सबल सरकार छ
सीमा कसले मिच्ने?

कोही छैनन् जोरी खोज्ने छैनन् कोही हेप्ने
सयौं कोस हिँड्दा पनि श्रमिक छैनन् आहात
गरिबलाई सम्मान छ सरकारबाट राहत
विदेशमा कोही पनि अलपत्र छैनन्

दु:ख, पीडा सुनाउने ती नेपाली नै होइनन्
जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक, साना व्यापारीको साह्रै मर्म बुझ्ने
भ्रष्टाचारलाई नसहने सरकारको छ नीति

हावादारी हल्ला हुन् ओम्नी र यती
सबैतिर वाह वाह यस्तो विकास देख्दा
पत्रकार नि दंग छन् यी समाचार लेख्दा।

कोमल हृदयका प्रधानमन्त्री
आँसु कवि हाम्रा
दिन नबिराई सिर्जना छ आहा कति राम्रा
राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला

गीत कविता भट्याउँदै कालापानी जाऔंला
सारा नेपाल हाँसेको छ मेचीकाली गाउँछ
आँसु आए बरू त्यही गीतले आउँछ।

यस्तो नायक गजबका ल्यायौं जानीजानी
अहो हामी नेपाली त साह्रो भाग्यमानी
म त साह्रै भाग्यमानी।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ११ : ५९ बजे

निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्वपूर्ण : कानुनमन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको मुख्य

कुलमानले नेतृत्व गर्ने उज्यालो नेपाल पार्टी आयोगमा अध्यावधिक, चुनाव चिह्न बलेको चिम

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङ समूहले निर्वाचन आयोग पुगेर पुरानो उज्यालो

विश्वकपपछि रोनाल्डोले फुटबल छाड्ने

एजेन्सी– पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप

एनपीएलका लागि तयार हुँदैछ त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ

मधेशका मुख्यमन्त्री यादवले दीर्घकालीन महत्त्वका निर्णय गर्न नपाउने

काठमाडौं- महोत्तरीको बर्दिबासस्थित पानस होटलबाट मधेश प्रदेशको मुख्यमन्त्री बनेका नेकपा