सीमा समस्याबारे पहिला भारतसँग, त्यसपछि चीनसँग कुरा गर्छौं : परराष्ट्रमन्त्री ज्ञवाली « Khabarhub

सीमा समस्याबारे पहिला भारतसँग, त्यसपछि चीनसँग कुरा गर्छौं : परराष्ट्रमन्त्री ज्ञवाली


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेको विषयमा तत्काल चीनसँग कुरा गर्न नहुने बताएका छन् ।

उनले भारतसँग कुराकानी गरेपछि चीनसँग कुरा गर्नुपर्ने बताए । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा मन्त्री ज्ञवालीले भने ,’पहिला भारतसँग कुरा गर्छौं र समस्या समाधान गर्छौं । त्यसपछि चीनसँग ।’

अहिलेको समस्या भारतसँग भएको बताउँदै मन्त्री ज्ञवालीले त्रिदेशीय विन्दूका विषयमा भने चीनसँग कुरा गरिने बताए ।

‘नेपाल, भारत र चीनको बीचमा त्रिदेशीय विन्दु टुंगो भएको थिएन । शून्य नम्बर पिल्लर टुंग्याउन बाँकी छ । त्यसैले चीनसँग छलफल गर्नुपर्ने हुन्छ । आजको समस्या भारतसँग नै समस्या हो । त्यसपछि त्रिदेशीय बिन्दु कहाँ हो भन्नेबारे छलफल गर्ने हो,’ मन्त्री ज्ञवालीले भने ।

सीमा देखिएको समस्या र सडक निर्माणबारे भारतसँग तत्काल कुरा गर्न नेपाल सरकार गम्भीर रहेको उनले बताए ।

भारतले कोरोना महामारी सकिएपछि कुरा गर्ने भनेको भएपनि सीमा समस्या समाधानका लागि तत्काल नै वार्ताको प्रयास हुने उनको भनाइ थियो ।

‘हामी त्यतिबेलासम्म कुर्न सक्दैनौं, सरकार छिटो वार्ता सुरु गरिनुपर्छ भन्नेमा छ,’ ज्ञवालीले भने । बैठकमा सांसदहरुले तत्काल वार्ता गर्नुपर्ने आवाज उठाएका थिए ।

मन्त्री ज्ञवालीले सरकार सीमाको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्ने पक्षमा नरहेको बताए । ‘दुई पक्षीय वार्ताको माध्यमबाट नै समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार छ । अन्तर्राष्ट्रियकरण गर्ने बेला आयो भने त्यै बेला कुरा गरौंला,’ उनले भने ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १२ : ३५ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको