बेलायत, फ्रान्स र स्पेनमा लकडाउन खुकुलो पारिँदै « Khabarhub

बेलायत, फ्रान्स र स्पेनमा लकडाउन खुकुलो पारिँदै


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- कोरोना भाइरसको संक्रमणपछि नियन्त्रणका लगि लागू गरिएको लकडाउन बेलायत, फ्रान्स र स्पेनले खुकुलो पार्न थालेका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इङ्ग्ल्यान्डमा सर्वसाधारणहरू बुधवारदेखि घरबाहिर जान पाउनेगरी एउटा ‘सर्तसहितको योजना’ सार्वजनिक गरेका छन् ।

उनले घरबाट काम गर्न नसक्ने व्यक्तिहरूलाई सार्वजनिक यातायात प्रयोग नगरी कार्यस्थलसम्म जान दिइने बताए ।

प्रधानमन्त्री जोनसनले पाँच तहको नयाँ ‘कोभिड सतर्कता प्रणाली’ले कति चाँडै लकडाउनका प्रतिबन्धहरूलाई अझ खुकुलो पार्न सकिन्छ भन्ने तय गर्ने बताए ।

उनले जुन १ सम्म प्राथमिक तहका विद्यार्थीलाई विद्यालय फर्काउन सकिने आशा व्यक्त गरे । सोमवार प्रकाशित हुने लकडाउनसम्बन्धी आदेशले नयाँ योजनाबारे विस्तृत जानकारी दिने अपेक्षा गरिएको छ ।

विपक्षीहरूले सरकारले अझै पनि सर्वसाधारणले जान्न खोजेका प्रश्नहरूको उत्तर सरकारले स्पष्ट रूपमा दिन नसकेको बताएका छन् ।

स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डले ‘स्टे अलर्ट’ अर्थात् ‘सावधान रहौँ’ भन्ने नयाँ सरकारी योजनालाई अस्वीकार गरेका छन् । ती क्षेत्रमा मानिसहरूलाई घरमै बस्न प्रोत्साहित गरिएको छ ।

युरोपकै सबैभन्दा लामो लकडाउनपश्चात् फ्रान्सले सोमवारबाट कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएका धेरै प्रतिबन्धहरू हटाउँदैछ । पसलहरू र अधिकांश प्राथमिक विद्यालयहरू खुल्नेछन् ।

मानिसहरूलाई आफ्नो घरबाट १०० किलोमिटरसम्म यात्रा गर्न दिइनेछ । उनीहरूले सानो समूहमा आफ्ना साथीभाइ र आफन्त भेट्न पाउनेछन् । तर बार, रेस्टुराँ र सिनेमाघर कम्तीमा अझै तीन सातासम्म बन्द रहनेछन् ।

भाइरस अतिप्रभावित पेरिस र पूर्वोत्तर क्षेत्रमा थप नियमहरू लगाइनेछ । स्पेनले पनि आफ्ना केही क्षेत्रहरूमा सोमवारदेखि लकडाउनलाई खुकुलो पार्दैछ। मानिसहरूले आफन्त र इष्टमित्र भेट्न पाउनेछन्। तर १० जनाभन्दा बढी भेला हुन पाइनेछैन ।

आफ्नो प्रदेशभित्र मानिसहरूले आवतजावत पनि गर्न पाउनेछन् । भिडभाड नगरी बार, रेस्टुराँ र पसलहरू खुल्न पाउनेछन्। तर कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित मड्रिड र बार्सिलोनामा भने प्रतिबन्धहरू यथावत् छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ९ : ०३ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित