बेलायत, फ्रान्स र स्पेनमा लकडाउन खुकुलो पारिँदै « Khabarhub

बेलायत, फ्रान्स र स्पेनमा लकडाउन खुकुलो पारिँदै


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- कोरोना भाइरसको संक्रमणपछि नियन्त्रणका लगि लागू गरिएको लकडाउन बेलायत, फ्रान्स र स्पेनले खुकुलो पार्न थालेका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इङ्ग्ल्यान्डमा सर्वसाधारणहरू बुधवारदेखि घरबाहिर जान पाउनेगरी एउटा ‘सर्तसहितको योजना’ सार्वजनिक गरेका छन् ।

उनले घरबाट काम गर्न नसक्ने व्यक्तिहरूलाई सार्वजनिक यातायात प्रयोग नगरी कार्यस्थलसम्म जान दिइने बताए ।

प्रधानमन्त्री जोनसनले पाँच तहको नयाँ ‘कोभिड सतर्कता प्रणाली’ले कति चाँडै लकडाउनका प्रतिबन्धहरूलाई अझ खुकुलो पार्न सकिन्छ भन्ने तय गर्ने बताए ।

उनले जुन १ सम्म प्राथमिक तहका विद्यार्थीलाई विद्यालय फर्काउन सकिने आशा व्यक्त गरे । सोमवार प्रकाशित हुने लकडाउनसम्बन्धी आदेशले नयाँ योजनाबारे विस्तृत जानकारी दिने अपेक्षा गरिएको छ ।

विपक्षीहरूले सरकारले अझै पनि सर्वसाधारणले जान्न खोजेका प्रश्नहरूको उत्तर सरकारले स्पष्ट रूपमा दिन नसकेको बताएका छन् ।

स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डले ‘स्टे अलर्ट’ अर्थात् ‘सावधान रहौँ’ भन्ने नयाँ सरकारी योजनालाई अस्वीकार गरेका छन् । ती क्षेत्रमा मानिसहरूलाई घरमै बस्न प्रोत्साहित गरिएको छ ।

युरोपकै सबैभन्दा लामो लकडाउनपश्चात् फ्रान्सले सोमवारबाट कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएका धेरै प्रतिबन्धहरू हटाउँदैछ । पसलहरू र अधिकांश प्राथमिक विद्यालयहरू खुल्नेछन् ।

मानिसहरूलाई आफ्नो घरबाट १०० किलोमिटरसम्म यात्रा गर्न दिइनेछ । उनीहरूले सानो समूहमा आफ्ना साथीभाइ र आफन्त भेट्न पाउनेछन् । तर बार, रेस्टुराँ र सिनेमाघर कम्तीमा अझै तीन सातासम्म बन्द रहनेछन् ।

भाइरस अतिप्रभावित पेरिस र पूर्वोत्तर क्षेत्रमा थप नियमहरू लगाइनेछ । स्पेनले पनि आफ्ना केही क्षेत्रहरूमा सोमवारदेखि लकडाउनलाई खुकुलो पार्दैछ। मानिसहरूले आफन्त र इष्टमित्र भेट्न पाउनेछन्। तर १० जनाभन्दा बढी भेला हुन पाइनेछैन ।

आफ्नो प्रदेशभित्र मानिसहरूले आवतजावत पनि गर्न पाउनेछन् । भिडभाड नगरी बार, रेस्टुराँ र पसलहरू खुल्न पाउनेछन्। तर कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित मड्रिड र बार्सिलोनामा भने प्रतिबन्धहरू यथावत् छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ९ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै