पृथ्वीबाट सबैभन्दा नजिक रहेको ब्ल्याक होल पत्ता लाग्यो « Khabarhub

पृथ्वीबाट सबैभन्दा नजिक रहेको ब्ल्याक होल पत्ता लाग्यो


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खगोलशास्त्रीहरूले पृथ्वीसँग सबैभन्दा नजिक रहेको एउटा सम्भावित ब्ल्याक होल पत्ता लगाएका छन्।

त्यो झन्डै १,००० प्रकाशवर्ष टाढा ‘टेलिस्कोपीअम’ नामक नक्षत्रमण्डलमा छ। अर्थात् पृथ्वीबाट झन्डै ९,५०० खर्ब किलोमिटर पर।

हामीलाई यो दूरी एकदमै धेरै हो जस्तो लाग्न सक्छ। तर ब्रह्माण्डको विशालतामा त्यो ठाउँ पल्लो घरजस्तै हो।

दुइटा तारासँग गरेको अन्तर्क्रियाको शैलीका आधारमा उक्त ब्ल्याक होल पत्ता लागेको हो। ती तारामध्ये एउटाले ब्ल्याक होलको परिक्रमा गर्छ भने अर्कोले भित्री भागको।

प्रायः ग्यास र धूलोको मण्डलसँग हुने बलशाली अन्तर्क्रियाका आधारमा ब्ल्याक होल पत्ता लगाइन्छ। तिनले त्यस्ता पदार्थ छर्दा ठूलो परिमाणमा एक्स-रे उत्सर्जित हुन्छ। उच्च मात्रामा ऊर्जा हुने त्यस्तो सङ्केतलाई दूरबिनले पत्ता लगाउँछ, सोझै ब्ल्याक होललाई हैन।

प्रायः ग्यास र धूलोको मण्डलसँग हुने बलशाली अन्तर्क्रियाका आधारमा ब्ल्याक होल पत्ता लगाइन्छ। तिनले त्यस्ता पदार्थ छर्दा ठूलो परिमाणमा एक्स-रे उत्सर्जित हुन्छ ।

उच्च मात्रामा ऊर्जा हुने त्यस्तो सङ्केतलाई दूरबिनले पत्ता लगाउँछ, सोझै ब्ल्याक होललाई हैन।

तसर्थ यो अस्वाभाविक उपलब्धि हो। संयुक्त रूपमा एचआर ६८१९ (HR 6819) भनिने ताराहरूको चालले उक्त ब्ल्याक होल पत्ता लगाउन सम्भव भएको हो।

“तपाईँ यसलाई ‘डार्क ब्ल्याक होल’ भन्न सक्नुहुन्छ। यो वास्तवमै कालो छ,” जर्मनीस्थित युरोपियन सदर्न अब्जर्भेटरी (ईएसओ) सँग सम्बद्ध खगोलविद् डीट्रिश बाडेले भने।

“हामीलाई यो तरिकाले ब्ल्याक होल पत्ता लगाइएको यो पहिलो चोटि हो जस्तो लाग्छ। त्यति मात्र हैन – यो सबैभन्दा नजिकै पत्ता लागेको ब्ल्याक होल पनि हो,” उनले बीबीसीलाई बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १ : ३५ बजे

सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे

काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ)

थाइल्याण्डका ३०० भिक्षु लुम्बिनी–रामग्राम शान्ति पदयात्रामा

भैरहवा– लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने

हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले