पृथ्वीबाट सबैभन्दा नजिक रहेको ब्ल्याक होल पत्ता लाग्यो | Khabarhub Khabarhub

पृथ्वीबाट सबैभन्दा नजिक रहेको ब्ल्याक होल पत्ता लाग्यो


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खगोलशास्त्रीहरूले पृथ्वीसँग सबैभन्दा नजिक रहेको एउटा सम्भावित ब्ल्याक होल पत्ता लगाएका छन्।

त्यो झन्डै १,००० प्रकाशवर्ष टाढा ‘टेलिस्कोपीअम’ नामक नक्षत्रमण्डलमा छ। अर्थात् पृथ्वीबाट झन्डै ९,५०० खर्ब किलोमिटर पर।

हामीलाई यो दूरी एकदमै धेरै हो जस्तो लाग्न सक्छ। तर ब्रह्माण्डको विशालतामा त्यो ठाउँ पल्लो घरजस्तै हो।

दुइटा तारासँग गरेको अन्तर्क्रियाको शैलीका आधारमा उक्त ब्ल्याक होल पत्ता लागेको हो। ती तारामध्ये एउटाले ब्ल्याक होलको परिक्रमा गर्छ भने अर्कोले भित्री भागको।

प्रायः ग्यास र धूलोको मण्डलसँग हुने बलशाली अन्तर्क्रियाका आधारमा ब्ल्याक होल पत्ता लगाइन्छ। तिनले त्यस्ता पदार्थ छर्दा ठूलो परिमाणमा एक्स-रे उत्सर्जित हुन्छ। उच्च मात्रामा ऊर्जा हुने त्यस्तो सङ्केतलाई दूरबिनले पत्ता लगाउँछ, सोझै ब्ल्याक होललाई हैन।

प्रायः ग्यास र धूलोको मण्डलसँग हुने बलशाली अन्तर्क्रियाका आधारमा ब्ल्याक होल पत्ता लगाइन्छ। तिनले त्यस्ता पदार्थ छर्दा ठूलो परिमाणमा एक्स-रे उत्सर्जित हुन्छ ।

उच्च मात्रामा ऊर्जा हुने त्यस्तो सङ्केतलाई दूरबिनले पत्ता लगाउँछ, सोझै ब्ल्याक होललाई हैन।

तसर्थ यो अस्वाभाविक उपलब्धि हो। संयुक्त रूपमा एचआर ६८१९ (HR 6819) भनिने ताराहरूको चालले उक्त ब्ल्याक होल पत्ता लगाउन सम्भव भएको हो।

“तपाईँ यसलाई ‘डार्क ब्ल्याक होल’ भन्न सक्नुहुन्छ। यो वास्तवमै कालो छ,” जर्मनीस्थित युरोपियन सदर्न अब्जर्भेटरी (ईएसओ) सँग सम्बद्ध खगोलविद् डीट्रिश बाडेले भने।

“हामीलाई यो तरिकाले ब्ल्याक होल पत्ता लगाइएको यो पहिलो चोटि हो जस्तो लाग्छ। त्यति मात्र हैन – यो सबैभन्दा नजिकै पत्ता लागेको ब्ल्याक होल पनि हो,” उनले बीबीसीलाई बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १ : ३५ बजे

दिल्ली विस्फोट : कारभित्र थिए पुलवामाका डाक्टर उमर, अहिलेसम्म १२ को मृत्यु

नयाँ दिल्ली- दिल्लीमा सोमबार साँझ लालकिल्ला मेट्रो स्टेशनको गेट नम्बर

शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार

राँझा– मानवबेचबिखन तथा ओसारपरसाविरुद्ध क्रियाशील संस्था शान्ति पुनर्स्थापना  गृह बाँकेले

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

ढाका– बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको

राष्ट्रिय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवनको अभाव

काठमाडौं– सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र

मधेशका मुख्यमन्त्री यादवविरुद्ध ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्चमा दिए रिट

जनकपुरधाम– मधेस प्रदेश सरकारमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा