लिपुलेकबारे नेपाल सरकारको धारणा सुनाउन परराष्ट्र मन्त्रालयमा बोलाइए भारतीय राजदूत क्वात्रा « Khabarhub

लिपुलेकबारे नेपाल सरकारको धारणा सुनाउन परराष्ट्र मन्त्रालयमा बोलाइए भारतीय राजदूत क्वात्रा


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लिपुलेक विवाद तथा सो क्षेत्रमा पछिल्लो समय भारतद्वारा निर्माण गरिएको लिंक रोडबारे नेपाल सरकारले भारतलाई ‘कूटनीतिक नोट’ बुझाएको छ ।

सोमबार बिहान परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाए लिपुलेक विवाद तथा सो क्षेत्रमा पछिल्लो समय भारतद्वारा निर्माण गरिएको लिंक रोडबारे नेपाल सरकारको धारणा समेत सुनाएको छ ।

राजदूत क्वात्रा सोमबार बिहान साढे ११ बजे सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए । राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकर वैरागीसहितका पदाधिकारीसँग भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार नेपाली भूमि लिपुलेकमा भारतीय पक्षले सडक निर्माणसहितका गतिविधि जारी राखेको विषयप्रति विरोध जनाउँदै राजदूत क्वात्रालाई ‘कूटनीतिक नोट’ समेत दिइएको हो ।

नेपाल–भारत जारी सीमा विवादको सम्बन्धमा प्रमुख विषय बन्दै आएको लिपुलेक–कालापानीको विषयमा उच्चस्तरी वार्ताका लागि नेपालले भारतसँग प्रस्ताव समेत गरेको छ ।

तर, भारतीय पक्षले भने कोरोना भाइरको महामारी साम्य भएपछि मात्रै त्यस विषयमा कुराकानी गर्न सकिने बताएको छ ।

भारतले नेपाली भूमि अतिक्रमण गर्दै चीन प्रशासित तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो (सडक) खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए ।

भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको भन्दै नेपालमा यसको विरोध भइरहेको छ । परराष्ट्रय मन्त्रालयले शनिबार नै एक वक्तव्य जारी गर्दै सडक निर्माण प्रति आपत्ति जनाएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १ : ५१ बजे

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल