कालापानी क्षेत्रमा हेलिकोप्टरमार्फत सामान लिएर सशस्त्र प्रहरी कालापानी जाँदै « Khabarhub

कालापानी क्षेत्रमा हेलिकोप्टरमार्फत सामान लिएर सशस्त्र प्रहरी कालापानी जाँदै


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दार्चुलाको व्यास गाउँपालिकास्थित कालापानी क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरी बल खटिने भएको छ ।

विकट कालापानी क्षेत्रमा हेलिकोप्टर बाट बन्दोबस्तीका सामान लिएर सशस्त्र प्रहरीको टोली पठाउने तयारी गरिएको हो ।

सशस्त्र प्रहरीका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले दार्चुलाको व्यास गाउँपालिका १ छाङरुमा हातहतियार र जनशक्ति पठाउने तयारी गरिएको बताए ।

श्रेष्ठले भने, ‘ हातहतियार र जनशक्ति पठाउने तयारी गरिरहेका छौं ।’ सबै मौसममा त्यहाँ बस्न कठिन हुने उनले बताए । ‘हिउँ पर्ने ठाउँ भएकाले पूर्ण बन्दोवस्तीका साथ टोली पठाउन लागेका हौं ’ उनले भने ।

कालापानी क्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) राख्ने तयारी पहिलेदेखि नै थियो। तर अहिले सीमामा विवाद देखिएपछि तत्कालै फौज पठाउन लागिएको हो ।

छाङरुमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा ३५ जनाको टोली राख्ने सशस्त्र प्रहरी बलको तयारी छ । भौगोलिक रुपमा बिटर छाङ्गरु जाने बाटोको सुविधा छैन । त्यसका लागि सशस्त्रले नेपाली सेनाको हेलिकोप्टरमार्फत् जाने तयारी अघि बढाएको छ ।

हेलिकोप्टरमार्फत नै हातहतियार, गोलीगठ्ठा र बन्दोबस्तीका सामान, ६ महिनासम्मका लागि राशन, साधारण मेडिकल सामग्रीहरुका साथ सशस्त्रको टोली पठाउन लागिएको हो ।

छाङरुमा आज भोलिमै स्थायी बीओपी : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दार्चुलाको माथिल्लो क्षेत्रमा हेलिकोप्टर मार्फत सुरक्षा फौज लैजाने तयारी भइरहेको बताए ।

सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री ज्ञवालीले सीमा विवाद भएको स्थानमा सरकारको उपस्थित गराउन नकिएको र अतिक्रमणको एउटा कारण त्यो पनि भएको स्वीकार गरे । उनले केही दिनमै स्थायी बीओपी छाङरुमा राख्ने उनले बताए ।

‘अल्टिच्युडका कारण स्थायी प्रवन्ध गर्न समय लाग्ने भएकोले केही समय पर्खिएका थियौं । अब आज भोलिमै स्थायी बीओपी छाङरुमा राख्छौं’ उनले भने ।

मन्त्री ज्ञवालीका अनुसार छाङरुमा ११५ र टिंकरमा १६७ गरेर कुल १८२ घरधुरी सौका समुदायका मानिसको बसोबास छ । उनीहरुको कुल जनसंख्या ११२० रहेको छ । उनीहरु जाडो छल्न दार्चुलाको तल्लो भेगमा झर्छन्, तर अहिलेसम्म घोडेटो बाटोसमेत नभएका कारण पास लिएर भारतको भूमि भएर आउनुपर्ने बाध्यता छ ।

मन्त्री ज्ञवालीले यस्तो समस्या समाधानका लागि पहिलो चरणमा घोडेटो र त्यसपछि मोटरबाटो बनाउने सरकारको तयारी रहेको बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  २ : २१ बजे

सुदूरपश्चिमको विजयी यात्रा रोकियो, ओपनरद्वयले अर्धशतक हानेपछि विराटनगरको शानदार जित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको विजयी

अर्धशतक प्रहार गरेका विराटनगरका दुबै ओपनर आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा अहिले

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

राँझा– रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको

भोजपुर कोटमा निःशुल्क स्वास्थ्य शिविर

भोजपुर– जनस्तरसम्म स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७

यूक्रेन–अमेरिका वार्ता : शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित

एजेन्सी– यूक्रेन र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले शनिबार मियामीमा लगातार