कालापानी क्षेत्रमा हेलिकोप्टरमार्फत सामान लिएर सशस्त्र प्रहरी कालापानी जाँदै « Khabarhub

कालापानी क्षेत्रमा हेलिकोप्टरमार्फत सामान लिएर सशस्त्र प्रहरी कालापानी जाँदै


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दार्चुलाको व्यास गाउँपालिकास्थित कालापानी क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरी बल खटिने भएको छ ।

विकट कालापानी क्षेत्रमा हेलिकोप्टर बाट बन्दोबस्तीका सामान लिएर सशस्त्र प्रहरीको टोली पठाउने तयारी गरिएको हो ।

सशस्त्र प्रहरीका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले दार्चुलाको व्यास गाउँपालिका १ छाङरुमा हातहतियार र जनशक्ति पठाउने तयारी गरिएको बताए ।

श्रेष्ठले भने, ‘ हातहतियार र जनशक्ति पठाउने तयारी गरिरहेका छौं ।’ सबै मौसममा त्यहाँ बस्न कठिन हुने उनले बताए । ‘हिउँ पर्ने ठाउँ भएकाले पूर्ण बन्दोवस्तीका साथ टोली पठाउन लागेका हौं ’ उनले भने ।

कालापानी क्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) राख्ने तयारी पहिलेदेखि नै थियो। तर अहिले सीमामा विवाद देखिएपछि तत्कालै फौज पठाउन लागिएको हो ।

छाङरुमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा ३५ जनाको टोली राख्ने सशस्त्र प्रहरी बलको तयारी छ । भौगोलिक रुपमा बिटर छाङ्गरु जाने बाटोको सुविधा छैन । त्यसका लागि सशस्त्रले नेपाली सेनाको हेलिकोप्टरमार्फत् जाने तयारी अघि बढाएको छ ।

हेलिकोप्टरमार्फत नै हातहतियार, गोलीगठ्ठा र बन्दोबस्तीका सामान, ६ महिनासम्मका लागि राशन, साधारण मेडिकल सामग्रीहरुका साथ सशस्त्रको टोली पठाउन लागिएको हो ।

छाङरुमा आज भोलिमै स्थायी बीओपी : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दार्चुलाको माथिल्लो क्षेत्रमा हेलिकोप्टर मार्फत सुरक्षा फौज लैजाने तयारी भइरहेको बताए ।

सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री ज्ञवालीले सीमा विवाद भएको स्थानमा सरकारको उपस्थित गराउन नकिएको र अतिक्रमणको एउटा कारण त्यो पनि भएको स्वीकार गरे । उनले केही दिनमै स्थायी बीओपी छाङरुमा राख्ने उनले बताए ।

‘अल्टिच्युडका कारण स्थायी प्रवन्ध गर्न समय लाग्ने भएकोले केही समय पर्खिएका थियौं । अब आज भोलिमै स्थायी बीओपी छाङरुमा राख्छौं’ उनले भने ।

मन्त्री ज्ञवालीका अनुसार छाङरुमा ११५ र टिंकरमा १६७ गरेर कुल १८२ घरधुरी सौका समुदायका मानिसको बसोबास छ । उनीहरुको कुल जनसंख्या ११२० रहेको छ । उनीहरु जाडो छल्न दार्चुलाको तल्लो भेगमा झर्छन्, तर अहिलेसम्म घोडेटो बाटोसमेत नभएका कारण पास लिएर भारतको भूमि भएर आउनुपर्ने बाध्यता छ ।

मन्त्री ज्ञवालीले यस्तो समस्या समाधानका लागि पहिलो चरणमा घोडेटो र त्यसपछि मोटरबाटो बनाउने सरकारको तयारी रहेको बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  २ : २१ बजे

‘जिन्दगीमा हार जित भइरहन्छ’ भन्दै एमाले महासचिवले रास्वपा सिंगो टिमलाई दिए बधाई

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आम निर्वाचनमा जितको

महेश बस्नेत पराजित भएको भक्तपुर-२ मा शोभा पाठकलाई १९ मत

काठमाडौं – भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा

काठमाडौं – प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना

नेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपा विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय

चितवनमा रवि : तीन वर्षमा तेस्रो जित, निरन्तर आफ्नै रेकर्ड ब्रेक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तीन