पूर्व राष्ट्रिय फुटबल खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना संक्रमण « Khabarhub

पूर्व राष्ट्रिय फुटबल खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना संक्रमण


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य (खेलाडी) रञ्जित श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा हाल संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईमा रहेका श्रेष्ठलाई स्वाब परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

रञ्जितले सामाजिक सञ्जाल फेसबूकमा भिडियो पोस्ट गर्दै आफूलाई कोरोना संक्रमण देखिएको बताएका छन् । कोरोनाको संक्रमण देखिए पनि आफ्नो स्वास्थ्य अवस्थामा सामान्य रहेको उनको भनाइ छ ।

रञ्जितले सामाजिक सञ्जालमार्फत कोरोना भाइरससँग नआत्तिन पनि सबैसँग आग्रह गरेका छन् ।

उनी सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिप प्रतियोगिता खेल्दा नेपाली टोलीमा थिए । घरेलु फुटबल प्रतियोगतामा भने उनी फ्रेण्ड्स क्बलमा आबद्ध भएर खेल्ने गर्थे ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ५ : ०१ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट