पूर्व राष्ट्रिय फुटबल खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

पूर्व राष्ट्रिय फुटबल खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना संक्रमण


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य (खेलाडी) रञ्जित श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा हाल संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईमा रहेका श्रेष्ठलाई स्वाब परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

रञ्जितले सामाजिक सञ्जाल फेसबूकमा भिडियो पोस्ट गर्दै आफूलाई कोरोना संक्रमण देखिएको बताएका छन् । कोरोनाको संक्रमण देखिए पनि आफ्नो स्वास्थ्य अवस्थामा सामान्य रहेको उनको भनाइ छ ।

रञ्जितले सामाजिक सञ्जालमार्फत कोरोना भाइरससँग नआत्तिन पनि सबैसँग आग्रह गरेका छन् ।

उनी सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिप प्रतियोगिता खेल्दा नेपाली टोलीमा थिए । घरेलु फुटबल प्रतियोगतामा भने उनी फ्रेण्ड्स क्बलमा आबद्ध भएर खेल्ने गर्थे ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ५ : ०१ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार