चीनद्वारा नेपाललाई ४० हजार कोरोना टेस्ट किटसहित स्वास्थ्य सामग्री सहयोग « Khabarhub

चीनद्वारा नेपाललाई ४० हजार कोरोना टेस्ट किटसहित स्वास्थ्य सामग्री सहयोग


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरस (कोभिड १९) उपचार, नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार स्वास्थ्य मन्त्रालय पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् ।

चीनले पछिल्लोपटक उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरुमा ४० हजार थान पीसीआर टेस्ट किट, २० हजार थान एन ९५ मास्क, ८ लाख सर्जिकल मास्क र १० हजार थान डिस्पोजेवल पिपिई छन् ।

स्वास्थ्य सामाग्री लिँदै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आपतको समयमा सहयोग गरेकोमा चीन सरकारलाई धन्यवाद दिएका थिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले चीन सरकारले सहयोग गरेको स्वास्थ्य सामाग्रीहरु आवश्यकता अनुसार कोरोना संक्रमित क्षेत्रमा पठाइने बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ३ : ५९ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित