चीनद्वारा नेपाललाई ४० हजार कोरोना टेस्ट किटसहित स्वास्थ्य सामग्री सहयोग « Khabarhub

चीनद्वारा नेपाललाई ४० हजार कोरोना टेस्ट किटसहित स्वास्थ्य सामग्री सहयोग


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरस (कोभिड १९) उपचार, नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार स्वास्थ्य मन्त्रालय पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् ।

चीनले पछिल्लोपटक उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरुमा ४० हजार थान पीसीआर टेस्ट किट, २० हजार थान एन ९५ मास्क, ८ लाख सर्जिकल मास्क र १० हजार थान डिस्पोजेवल पिपिई छन् ।

स्वास्थ्य सामाग्री लिँदै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आपतको समयमा सहयोग गरेकोमा चीन सरकारलाई धन्यवाद दिएका थिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले चीन सरकारले सहयोग गरेको स्वास्थ्य सामाग्रीहरु आवश्यकता अनुसार कोरोना संक्रमित क्षेत्रमा पठाइने बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ३ : ५९ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले