कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गरिने « Khabarhub

कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गरिने


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ ।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार नै साँझ ५ बजेदेखि लागू हुने गरी जेठ ५ गतेसम्मका लागि सिल गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दीर्घनारायण पौडेलले सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जेठ ५ गतेसम्मका लागि जिल्ला सिल गर्ने निर्णय भएको खबरहबलाई जानकारी दिए ।

‘भाइरस (कोरोना भाइरस)को संक्रमण फैलिन नपाओस् भनेर हामीले सम्पूर्ण जिल्ला सिल गर्ने निर्णय गरेका हौं,’ सीडीओ पौडेलले खबरहबसँग भने, ‘अत्यावश्यक सेवाका सवारी साधनबाहेक सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ । सर्वसाधारणलाई पनि घर बाहिन ननिस्किन भनिएको छ ।’

सीडीओ पौडेलले औषधि, खाद्यान्न, तरकारी तथा फलफूल, पशुको दाना बोक्ने तथा एम्बुलेन्स र शव वाहानजस्ता सवारी साधनमात्रै चल्न दिइने जानकारी दिए । अन्य प्रकारका सवारी साधनहरु चलाएको पाइए नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइने उनको भनाइ छ ।

यस्तै, सर्वसाधारणले अत्यावश्यक कामका लागि घर बाहिर निस्किनु परे नजिकको प्रहरी कार्यालय वा प्रहरीको हटलाइन नम्बर (१००)मा फोन गरेर बाहिर निस्किनका लागि अनुमति लिन सक्नेछन् । अनुमति नलिइ बाहिर निस्किएको पाइए सर्वसाधारणलाई पनि नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइने पौडेलले जानकारी दिए ।

कपिलवस्तुमा हालसम्म १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सीडीओ पौडेलले हाल कोरोना भाइरसको संक्रमण दखिएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुको सम्पर्कमा रहेका व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ४ : २८ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित